Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना

Screenshot_20211019-06494-1634605589.jpg

२ कार्तिक, हेटौंडा । बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
महाशाखाका अनुसार आगामी २४ घण्टामा प्रदेश १, प्रदेश न २,  लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र  सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश न १ का केही स्थानहरु र प्रदेश न २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा वागमती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।
हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। 
हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रहि देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा भएको छ । प्रदेश न १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षा समेत भएको महाशाखाले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार