१ असोज, हेटौंडा । हेटौंडामा जारी केशवलाल श्रेष्ठ स्मृति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । सेमीफाइनलमा आयोजक मकवानपुरसहित तीन विभागीय टोली प्रवेश गरेको छ ।
आईतबार तीन क्वार्टरफाइनल खेल भएका थिए भने शनिबार नै आयोजक मकवानपुर सेमीफाइनल प्रवेश गरेको हो । उपाधी होडमा उभिन नेपाल आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग सोमबार सेमीफाइनल खेल खेल्नेछ भने आयोजकले नेपाल पुलिसको सामना गर्नुपर्नेछ ।
आईतबार नेपाल आर्मीले सिन्धपाल्चोकको सिपा पोखरे युवा सञ्जाललाई २५–१४, २५–१२ र २५–६ को सोझो र सहज सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश ग¥यो । सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिमाञ्चल टिमलाई २५–१०, २५–२० र २५–१६ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित बनायो । आईतबार भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चल टिमलाई पाखा लगाउँदै सेमीफाइनल प्रवेश गरेको छ ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा सेमीफाइनल प्रवेश गर्ने अन्तिम टोली छनौट हुन ५ वटै सेट खेल्नु पर्यो । पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपाल पुलिस क्लबले दोस्रो सेट १५–२५ अंकका साथ पश्चिमाञ्चललाई सुम्पियो । तेस्रो सेट पुलिसले २५–१४ ले आफ्नो पक्षमा पार्दै खेल २–१ को स्थितिमा पु¥यायो । चौथो सेट पश्चिमाञ्चलले २५–१९ ले आफ्नो पक्षमा पारेसँगै खेल अन्तिम सेटसम्म धकेलिएको थियो । पाँचौं तथा अन्तिम सेटमा पुलिसले १५–१३ अंकसाथ आफ्नो पक्षमा पार्दै सेमीफाइनल यात्रा सुनिश्चित गर्यो ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुर र युवा तथा खेलकुद समन्वय समिति हेटौंडा–१९ को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको उपाधी विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पाउनेछ ।
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...


















