Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गणेशमानको स्मृतिमा बिचार गोष्ठी

1-1505734816.jpg

२ असोज, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा वि.स.२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता, लौह पुरुष गणेशमान सिंहको सोमबार २० औं स्मृति दिवसमा विचार गोष्ठी कार्यक्रम गरिएको छ ।
काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोईराला, सल्लाहकार अशोक शाक्य, वन विज्ञान अध्ययन संस्थान हेटौंडाका क्याम्पस प्रमूख कृष्णप्रसाद दाहाललगायतले गणेशमान सिंहले राष्ट्रियरुपमा देशको लागि पु¥याएको योगदानको चर्चा गरेका थिए । 
जिल्ला पार्टी कार्यालयमा भएको गोष्ठीमा वक्ताहरुले लौहपुरुषका नामले समेत चिनिनु भएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गर्नुभएको बताउँदै आन्दोलनका क्रममा पटक/पटक हेटौंडा आउने र मकवानपुरसंग खास नाता राख्नुभएका सिंहमाथि २०३६ सालमा मालेद्वारा हाल भुटनदेवी स्कुल रहेको स्थानमा हातपात गरेको घटनासमेतको स्मरण गरेका थिए ।
२०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गर्नुभएका नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व सिंहले ०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घच्याएका थिए । 
आर्थिक क्रान्ति नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र स्थीर र स्थायी नहुने उनको धारणा थियो । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।
गोष्ठीमा जिल्ला सदस्य अमृता थापा मगर, महासमिति सदस्य विष्णुप्रसाद दाहाल, महाधिबेशन प्रतिनिधी ईश्वर पण्डित, जानुकी लामा, महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण दल अध्यक्ष ईश्वर पाठक, तामाङ संघका अध्यक्ष चम्फुरत्न लामा, किसान संघकी अध्यक्ष लक्ष्मी गौतम, भूतपूर्व शैनिक संघका अध्यक्ष हरीबहादुर रायमाझी, हेटौंडा उपमहानगरपालिका ७ र ८ का सभापतिहरु दामोदर गौतम र रत्नमणी वगाले, महिला संघ सचिव निलम देवकोटा, तरुण दल सचिव सचित थापालगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

2-1505734816.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार