२६ कार्तिक,हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षता तथा मकवानपुर गढी वडा नम्बर ५ का वडा अध्यक्ष जीतबहादुर घिमिरेको प्रमुख अतिथ्यतामा १६ औ साधारणसभा सम्पन्न भएको हो।
४३३ जना शेयर सदस्य रहेको सहकारीमा १० लाख ३७ हजार ९ सय शेयर पुजीँ रहेको छ । साधारण सभामा सहकारीले जेष्ठ शेयर सदस्य भोजराज दाहाल, असल ऋणीतर्फ शुभद्रा दमाई र भीम बहादुर दोङ, उत्कृष्ट बचतकर्ता असिम घलान, देवेन्द्र दुलाललाई पुरस्कृत गरिएको थियो। त्यसैगरी उत्कृष्ट शेयर खरिदकर्ता पुण्यप्रसाद दाहाल र विजुलीमाया थिङलाई पुरस्कृत गरिएको थियो ।
संस्थामा आवद्ध जनज्योती आयआर्जन समूह प्रथम,अन्नपूर्ण आयआर्जन समूह द्धितिय, गुँरास आयआर्जन समूह तृतीय र हिमचुली आयआर्जन समूह सान्त्वना भएका छन।समूहलाई नगद सहित पुरस्कृत गरिएको छ।
जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक सुलोचना स्याङ्तानको विशेष अतिथ्यतामा भएको सभामा संस्थाका संस्थापक अध्यक्ष गुणनिधि ढकाल, पूर्व अध्यक्ष थलनाथ घिमिरे, महिला कल्याण साकोसका पार्वती फुँयाल, स्वरोजगार साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धनकुमारी खड्का, संस्थाका लेखा समिति संयोजक चण्डिका पौडेल,आधारभूत शिक्षा प्राविका प्रअ प्रह्लाद घिमिरे लगायतको अतिथ्यता रहेको थियो ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







