Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बीउ व्यवसायी संघ मकवानपुरको अध्यक्षमा रमेश अर्याल चयन

253911646_250027513777003-1636809154.jpg

२७ कार्तिक, हेटौंडा । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
हेटौँडामा शनिबार भएको अधिवेशनमा वक्ताहरुले बीउ बिजन देशको अर्थतन्त्रसँग जोडिएको विषय भएको बताउँदै नेपाल आफै बीउ बिजनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए । 
कार्यक्रममा बीउ व्यवसायी संघका केन्द्रीय सचिव विश्वराज बानियाँले पछिल्लो समय नेपालमा बीउ बिजन उत्पादन गर्ने क्रम बढेको बताउँदै अझै आत्मनिर्भर नबनेको र आयात गर्दा विविध समस्या झेल्नुपर्ने अवस्था रहेको बताए  । उनले स्थानीय तहमा कृषिसम्बन्धी प्रविधिकको अभावमा बीउबिजन र विषादी व्यवसायीहरुले कृषकको समस्या समाधानमा सहजीकरण गर्दै आएको बताए ।
संघका जिल्ला अध्यक्ष माधवप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघको बागमती प्रदेशका उपाध्यक्ष हरिशरण अर्याल, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व अध्यक्ष राममणि दाहाल, बीउ व्यवसायी संघ मकवानपुरका सचिव रमेश अर्याल, सदस्य फेन्चु लामा र सुदर्शन विष्टले मन्तव्य व्यक्त गरेका थिए । 
संघको चौथो अधिवेशनले रमेश अर्यालको अध्यक्षतामा दुई वर्षका लागि नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा कृष्णकाजी प्रधान, सचिव फेन्चु लामा, कोषाध्यक्षमा कृष्ण खतिवडा तथा सदस्यहरुमा सुजन अधिकारी, पुरुषोत्तम विष्ट, अनिता अधिकारी, निराजन बर्तौला र नेत्र केसी रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार