११ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिका संयोजक दिपनराज आचार्यले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा विभिन्न विधामा मासीक बचत नियमित गर्ने हरि कृष्ण ढकाल,कमला पाठक,उत्कृष्ट कारोबारीमा खिल प्रसाद घिमिरे,कमला आले मगर,ज्येष्ठ शेयर सदस्यमा लाल प्रसाद पोखरेल र चित्रा कुमारी आचार्य,उद्यमी तर्फ विष्णु कुमार श्रेष्ठ, माया देवी राई,सदस्यतावृद्धि तर्फ यादव सापकोटा,मान बहादुर सिंह लामालाई सम्मान गरिएको थियो भने संचारकर्मी तर्फ नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,संचालक समिति तर्फ रेखा गिरी(मैनाली),संस्थागत सेयर तर्फ दिवाकर आचार्य र नारायण प्रसाद अधिकारी,बाल बचत तर्फ आदिति कोइराला,सुयाष्ना लामा र महिला बचत समूह तर्फ बिन्दबासिनी महिला उप-समूह 'ख' लगायतलाई नगद सहित सम्मान गरिएको थियो ।
त्यस्तै संस्थाको सेयर सदस्य रही नेपाल पत्रकार महासंघ बागमती प्रदेश र जिल्ला शाखामा निर्वाचित भएका नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,नेपाल पत्रकार महासंघ बागमती प्रदेश परिषद सदस्य सुनिल शिवाकोटी र नेपाल पत्रकार महासंघ मकवानपुर कार्य समिति सदस्य विजय पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई,मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी उपध्यक्ष मिना चौरेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ,रानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष विष्णुप्रसाद न्यौपाने, हेटौंडा वचत तथा ऋण सहकारी अध्यक्ष ईन्द्रबहादुर बस्नेत,कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, श्री निवास लक्ष्मी नारायण टोल विकासका अध्यक्ष जनार्दन पौडेल, संस्थाकी सचिव मिना अधिकारी,संस्थाका सल्लाहकार गणेशकुमार श्रेष्ठ, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाको भेलाले आर्थिक वर्ष ०७७/०७८ मा शेयर पूँजी २ करोड २६ लाख ३१ हजार, कूल सदस्य बचत १६ करोड ४२ लाख र ऋण लगानी १६ करोड २५ लाख २४ हजार रहेको संस्थाले जनाएको छ ।संस्थामा २ हजार ६ सय भन्दा बढी शेयर सदस्यहरु रहेका छन् ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















