Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राप्रपाको एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदै 

1111-1638329947.jpg

१५ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ । कमल थापा नेतृत्वको राप्रपा, पशुपति शम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीको नेतृत्वको राप्रपा विचमा संयुक्त एकता भएपछि पहिलो पटक राप्रपाको एकता महाधिवेश हुन लागेको हो । 
काठ्माडौँ भृकुटिमण्डपमा हुने महाधिवेशनमा भाग लिन देशभरबाट ४ हजार ३ सय ८५ प्रतिनिधि सहभागी हुने राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए । महाधिवेशनबाट यस पटक अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले आकंक्षा देखाएका छन् । 
लिङ्देन र थापा दुबै जनाले अध्यष पदमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरिसकेका छन् । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई डाक्टर प्रकाशचन्द्र लोहनी र पशुपति शम्सेर जबराले समर्थन् गरेका छन् ।  
राप्रपाको संशोधित विधानअनुसार केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुने व्यवस्था छ । १ सय ९९ जनाको कार्यसमितिमा १ सय ४९ निर्वाचनबाटै चुनिने छन् । तर, आजबाट तीन दिनसम्म चल्ने महाधिवेशनमार्फत भने राप्रपाले १ सय ४९ जनालाई मात्रै निर्वाचनमार्फत केन्द्रीय समितिमा चयन गर्नेछ ।
 राप्रपा विधानमा ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिनेगरी विधान संशोधन गरिएको हो । राप्रपा विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ताहरू, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १ सय ९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार