१५ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन । बानियाँले बागमती प्रदेशको उन्नती र प्रगतिको लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने दावी गरेका छन् ।
उनले कांग्रेसलाई जनमुखी बनाउन र सबैलाई आफ्नो पार्टी भन्ने विश्वास दिलाउनको लागि आफ्नो उम्मेदवारी भएको बताए । नेता बानियाँले बागमती प्रदेशमा कांग्रेस जनताको भरोसायोग्य पार्टी भएको र आगामी दिनमा झनै जनताको पक्षमा खरो उत्रिने गरि आफुले काम गर्ने विश्वास दिलाए ।
उनले बागमती प्रदेशलाई कांग्रेसको नेतृत्वमा सम्बृद्ध बनाउँने आफ्नो चाहाना रहेको बाउँदै बागमती प्रदेशमा रहेका ५५ लाख जनताको सुख, सुमृद्धिको लागि आफूले दत्तचित्त भएर काम गर्ने दावी गरे ।
नेता बानियाँले महाधिवेशनमा कांग्रेसको आन्तरिक प्रतिस्पर्धा हुने भएकाले उम्मेदावारी घोषणा गरेकै भएपनि पूरानो र सक्रिय नेता आदरणिय भीमसेनदास प्रधानले आफुलाई साथ दिने विश्वास व्यक्त गरे ।
बानियाँको उम्मेदावारीमा समर्थक बनेका काभ्रेका सभापति तीर्थ लामाले इन्द्रबहादुर बानियाँलाई जुझारु नेताको रुपमा चित्रण गर्दै अत्यधिक बहुमतले जिताउन सबैलाई आग्रह गरे । उनले बानियाँलाई प्रदेश सभापतिमा जिताउनको लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने भन्दै सोहीअनुसार गृहकार्यमा जुट्न पनि आग्रह गरे ।
त्यस्तै, बानियाँको उम्मेद्धवारीको समर्थक भक्तपुरका सभापति दुर्लभ थापाले पनि बानियाँ योग्य र सक्षम उम्मेद्धवार भएको भन्दै जिताउनको लागि सबैले भूमिका खेल्नुपर्ने बताए । उनले आफूहरुले धेरै लामो छलफपछि आफूहरुको समूहबाट नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता रहेका बानियाँलाई प्रदेशको सभापतिमा उम्मेद्धवारको रुपमा अघि बढाएको स्पष्ट पारे ।
नेता बानीयाँको उम्मेद्धवारी घोषणाको समर्थनमा अर्थराज्यमन्त्री उदयशमशेर राणा, बाग्मती प्रदेशका सांसद कल्पना नेपाली, रामेछापका सभापति कान्छाराम तामाङ लगाएतका नेताहरुले बोलेका थिए ।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




