५ असोज, हेटौँडा । हेटौडा–२ मा रहेको मकवानपुर नमूना बचत तथा ऋण सहकारी संस्थाले आव ०७३÷०७४ मा १२ करोड ५२ लाखको कारोवार गर्न सफल भएको छ । संस्थाको विहिवार हेटौडामा भएको १७ औं वार्षिक साधारण सभाको अवसरमा व्यवस्थापक निशा तिमल्सिनाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै यस्तो जानकारी गराएकी हुन् ।
शेयर पूँजी १ करोड २३ लाख, जगेडा कोष ८४ लाख, निक्षेप ६ करोड ९० लाख, तिर्न बाँकी ऋण २ करोड १७ लाख,लगानीबाट व्याज प्राप्त १ करोड १३ लाख रहेको छ । यसैगरी प्रशासनिक आम्दानी ७८ लाख, बैक व्याज ५ लाख, घरभाडा १ लाख ६५ हजार रहेको छ । साधारण सभामा संस्थाका अध्यक्ष मिठाराम दहालले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक देवराज अधिकारीले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक रमेशप्रसाद घिमिरेले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा संस्थामा आवद्ध भै स्थानीय निकायमा विजयी हुने जनप्रतिनिधीहरु,असली कारोवारी राजकुमार पुडासैनी, असली बचतकर्ता माधवी सापकोटा, निता तामाङ, उत्कृष्ठ कृषक देवप्रसाद घिमिरे, उत्कृष्ट कुखुरापालक कालीमान तितुङ र उत्कृष्ठ पशुपालकमा रामहरी संजेललाई सम्मानित गरिएको थियो । यसैगरी ज्येष्ठ शेयर सदस्य हिरादेवी दहाल र होमनाथ विडारी, उतकृष्ट विद्यार्थीमा आश्वासन दाहाल, अनुराज गौतम र बन्दना दाहाल, पूरानो विद्यालयमा मकवानपुरगढी–२ कुर्लेमा रहेको बंशगोपाल मावि र खेलकुदमा क्रिकेटर रिजन ढकाललाई समेत सम्मानित गरिएको थियो ।
मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुृख आतिथ्यतामा भएको साधारण सभामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला सहकारी संघका सचिव राजु गौतम, जिल्ला बचत तथा ऋण सहकारी संघकी सचिव कल्पना श्रेष्ठ, उपाध्यक्ष नारायणप्रसाद देवकोटा, सल्लाहकार उद्धवप्रसाद दाहाल, राजु ढकाल र भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







