१९ मंसिर हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशका स्वास्थ्य संस्थाबाट दिईने सेवाको स्तरीयतामा कमी हुन नदिन निर्देशन दिएका छन् ।
मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको ‘आवश्यक निःशुल्क औषधी र स्वास्थ्य सामग्रीको परिमाण’ सम्बन्धी ३ दिने गोष्ठी समापन कार्यक्रममा बोल्दै मन्त्री लामाले नागरिकको स्वास्थ्य सधैं गुणस्तरीय र सर्वसुलभ हुनुपर्ने भन्दै यसतर्फ विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका हुन् ।
उनले स्वास्थ्य संस्थाहरुले गुणस्तरीय सेवाका लागि आवश्यक औषधी र सामग्रीका लागि मन्त्रालयसंग माग गर्न भन्दै यसको व्यवस्था मन्त्रालयले गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफुले बागमती प्रदेशका सबै जिल्लाका स्वास्थ्य संस्थाको निरीक्षण गर्ने र समस्याको समाधानको कामलाई दृढ भई समाधान गर्नै बताए ।
उनले यसअघिका कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री लामाले स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाको जिम्मेवारी सरकारले लिने बताए । उनले कोरोनाको नयाँ भेरियन्टको जोखिमबारे पूर्वानुमान गर्दै ‘अर्लट’ अवस्थामा रहन समेत सबै जिल्लाका स्वास्थ्य संस्थालाई निर्देशन दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, मन्त्रालयका प्रवक्ता बरिष्ठ जनस्वास्थ्य प्रशासक बसन्त अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. अर्जुन सापकोटा, स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वरमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । तीन दिने गोष्ठीमा विभिन्न जिल्लाका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, स्टोर किपर र फार्मसिष्टहरुको सहभागिता रहेको थियो ।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...












-1792888897.jpg)




