Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडामा आजबाट भाटभटेनीको शुभारम्भ

भाटभटेनीमा केएफसीको तेह्रौं शाखा

BhatBhateni-Hetauda-1638962203.png

२२ मंसिर, हेटौंडा । नेपालको चर्चित चेन सुपर मार्केट भाटभटेनी सुपर मार्केटको आजबाट हेटौंडामा शुभारम्भ भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको चौकी टोलमा आफ्नो २० औं स्टोरको शुभारम्भ भएको हो ।
स्टोरको भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले शुभारम्भ गरेका छन् । अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले देशका सबै प्रदेश तथा मुख्य शहरहरुमा स्टोर विस्तार गर्ने अभिायन अन्तरगत हेटौंडामा संचालन आएको बताउँदै अन्तराष्ट्रिय स्तरको सपिङ सुविधा दिने र युवाहरुलाई रोजगारी उपलव्ध गराउने बताए । उनले स्टोरको आयबाट सामाजिक हितका काम समेत हुने जनाईएको छ ।
शुभारम्भको अवसरमा ग्रोसरी,लत्ता–कपडा लगाएत सम्पूर्ण सामानमा १० प्रतिशत र विद्युतिय सामग्रीमा २० प्रतिशत छुट उपलब्ध रहेको भाटभटेनी सुपर मार्केटका बजार व्यवस्थापक विनोद भट्टराईले बताए ।
साढे १४ कट्ठामा क्षेत्रफल रहेको स्टोरमा कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिटका २ वटा बेसमेन्टसहित ८ तले भवन रहेको र दुबै बेसमेण्टमा पार्किङको व्यवस्था रहेको सुपर मार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए ।
भाटभटेनीमा केएफसीको तेह्रौं शाखा
अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीको शाखा भाटभटेनी हेटौंडामा शुभारम्भ भएको छ । केएफसीको यो नेपालमा १३ औं शाखा हो । यस आउटलेटमा केएफसीका बिभिन्न चिकेन परिकारसंगै बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । केएफसीले आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागि स्वास्थ्य सुरक्षा नीति समेत अवलम्बन गरको छ । १८८० वर्ग फिटमा खोलिएको रेष्टुरेन्टले एक पटकमा ४४ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । केएफसी हाल विहान ९ बजेबाट बेलुकी ८ः३० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार