Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडामा आजबाट भाटभटेनीको शुभारम्भ

भाटभटेनीमा केएफसीको तेह्रौं शाखा

BhatBhateni-Hetauda-1638962203.png

२२ मंसिर, हेटौंडा । नेपालको चर्चित चेन सुपर मार्केट भाटभटेनी सुपर मार्केटको आजबाट हेटौंडामा शुभारम्भ भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको चौकी टोलमा आफ्नो २० औं स्टोरको शुभारम्भ भएको हो ।
स्टोरको भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले शुभारम्भ गरेका छन् । अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले देशका सबै प्रदेश तथा मुख्य शहरहरुमा स्टोर विस्तार गर्ने अभिायन अन्तरगत हेटौंडामा संचालन आएको बताउँदै अन्तराष्ट्रिय स्तरको सपिङ सुविधा दिने र युवाहरुलाई रोजगारी उपलव्ध गराउने बताए । उनले स्टोरको आयबाट सामाजिक हितका काम समेत हुने जनाईएको छ ।
शुभारम्भको अवसरमा ग्रोसरी,लत्ता–कपडा लगाएत सम्पूर्ण सामानमा १० प्रतिशत र विद्युतिय सामग्रीमा २० प्रतिशत छुट उपलब्ध रहेको भाटभटेनी सुपर मार्केटका बजार व्यवस्थापक विनोद भट्टराईले बताए ।
साढे १४ कट्ठामा क्षेत्रफल रहेको स्टोरमा कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिटका २ वटा बेसमेन्टसहित ८ तले भवन रहेको र दुबै बेसमेण्टमा पार्किङको व्यवस्था रहेको सुपर मार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए ।
भाटभटेनीमा केएफसीको तेह्रौं शाखा
अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीको शाखा भाटभटेनी हेटौंडामा शुभारम्भ भएको छ । केएफसीको यो नेपालमा १३ औं शाखा हो । यस आउटलेटमा केएफसीका बिभिन्न चिकेन परिकारसंगै बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । केएफसीले आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागि स्वास्थ्य सुरक्षा नीति समेत अवलम्बन गरको छ । १८८० वर्ग फिटमा खोलिएको रेष्टुरेन्टले एक पटकमा ४४ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । केएफसी हाल विहान ९ बजेबाट बेलुकी ८ः३० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार