Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसको आगामी नेतृत्वका लागी सभापतिमा ६ जनाको उम्मेदवारी

dddddddddddddddddddddd-1639224739.jpg

२५ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको आगामी सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ । ५ बजेसम्मको समयसीमामा सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको हो ।
निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् । निधि, गुरुङ र न्यौपानेबाहेक सबैले प्यानलसहित उम्मेदवारी दिएका हुन् ।
देउवाको प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णवहादुर खड्का महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतले उम्मेदवारी दिएका छन् ।
यस्तै सहमहामन्त्रीमा आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर विक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव, खस आर्यमा किशोर सिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवन शाही उमेदवार बनेका छन् ।
कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगनकुमार थापा र मीनेन्द्र रिजालले मनोनयन दर्ता गराएका छन् । यसैगरी सहमहामन्त्री खसआर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, जनजातिबाट विकास लामा, महिलाबाट कमला पन्त, मधेसीबाट रामृष्ण यादव, थारुबाट तेजुलाल चौधरी र मुस्लिम समुदायबाट वकिल मियाँले उम्मेदवारी दिएका छन् ।
प्रकाशमान सिंह प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराएका छन् । केन्द्रीय सदस्यमा १ सय बढीको उम्मेदवारी परेको छ । विहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता भएको थियो ।
कांग्रेसको १४औं महाधिवेशनले सभापति १, उपसभापति २, महामन्त्री २,सहमहामन्त्री ८ गरि १३ पदाधिकारीसहित १ सय ३४ जनालाई निर्वाचित गर्नेछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि पर्सी सोमबार मतदान हुँदैछ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

थप समाचार