२६ मंसिर, हेटौंडा । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको पाँचौं जिल्ला अधिवेशनले अशोकसुजन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार हेटौंडामा भएको अधिवेशनले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा नवराज वाईबा, सचिवमा रुपा गुरुङ, कोषाध्यक्षमा सन्देश थिङ र सहसचिवमा मनिता रानालाई चयन गरेको छ ।
कार्यसमिति सदस्यहरुमा भुवन घलान, मञ्जरी बलामी, आशिष राना प्रजा, जमुना थिङ, भुपेन्द्र राना मगर र सम्झना मगरलाई चयन भएका छन् । १३ सदस्सीय कार्यसमितिमा २ सदस्य तामाङ पत्रकार समूह र नेवाः पत्रकार राष्ट्रिय दबूको सिफारिसमा मनोनित गरिने भएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसैगरी, फोनिजको बागमती प्रदेश प्रतिनिधिमा मीना श्रेष्ठ, दुदुमाया सिन्तान, आदर्श थोकर, जनक तामाङ र उमेश राई चयन भएका छन् भने संघीय(केन्द्रीय) प्रतिनिधिमा सुरेश श्रेष्ठ, कृष्ण सारु मगर, सुवर्णलाल श्रेष्ठ र रञ्जिता डंगोल चयन भएका छन् ।
कार्यक्रममा मकवानपुरका अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठलाई पत्रकारिता क्षेत्रमा निरन्तर लामोसमय योगदान पु¥याएको उच्च मुल्यांकन गर्दै नगद ५ हजारसहित फोनिज पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
यस्तै, फोनिज मकवानपुरका संस्थापक अध्यक्ष देव लामा, पूर्वअध्यक्षहरु कुमार नेगी र पुर्णिमा लामा तथा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङलाई फोनिज र आदिवासी जनजातिको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कदरपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा फोनिज मकवानपुरका निवर्तमान अध्यक्ष कृष्ण सारु मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, फोनिज बागमती प्रदेशका महासचिव सुरजकुमार भुजेल, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेवाः देय् दबु मकवानपुरका अध्यक्ष योगेश्वर श्रेष्ठ, प्रेस यूनियन मकवानपुरका सचिव केशव सर्मपण, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा, प्रेस चौतारी मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल अदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरका पूर्व अध्यक्ष कुमार नेगी, थारु कल्याणकारिणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरी, नेपाल मगर साँस्कृतिक संघ बागमती प्रदेश उपाध्यक्ष भुपेन्द्र राना मगर, किराँत राई यायोख्या केवी राई लगायतको आतिथ्यता रहेको थियो ।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...












-1792888897.jpg)




