२६ मंसिर, हेटौंडा । पछिल्लो समय मकवानपुर जिल्लामा नेपाली कांग्रेस बलियो सांगठनिक संरचना निर्माण गरेर अगाडि बढिरहेको छ । पछिल्लो समय कांग्रेसको केन्द्रमा महालक्ष्मी उपाध्याय ‘डीना’ र जिल्लामा युवा नेता इन्द्रबहादुर बानियाँले संगठनको नेतृत्व गरिरहेका छन् ।
पछिल्लो समय देशमा रहेका कम्युनिष्ट पार्टीमा देखिएको विभाजनले नजिकिँदै गरेको निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने अड्कल राजनीति वृत्तमा भइरहेको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गरेको अवस्थामा नेपाली कांग्रेस मकवानपुरकी नेतृ ‘डीना’ले काठमाडौंमा जारी १४ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिएकी छिन् । कांग्रेस मकवानपुरको इतिहासमा पदाधिकारीमा उम्मेदवारी दिने उनी नै पहिलो मकवानपुरे नेतृ हुन् ।
२०६३ सालदेखि कांग्रेस केन्द्रीय सदस्यमा रहेका काम गर्दैै आएकी डीनाले यस पटक महिलातर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिएकी हुन् । २०५९ सालमा राष्ट्रिय महिला आयोग सदस्य र २०६४ सालमा जलस्रोत राज्यमन्त्री बनेकी डीनाले आफ्नो अनुभवलाई पार्टीको संगठन विस्तारमा प्रयोग गर्ने बताइन् ।
नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघद्वारा प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको २०३६ सालको विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२÷०६३ सालको लोकतान्त्रिक आन्दोलनमा पटक÷पटक जेल जीवन विताएकी थिइन् । उनी ०४२ सालको सत्याग्रहमा शैलजा आचार्यस“ग जेल परेकी डीना पहिलो र दोस्रो संविधानसभाका सदस्य बनिन् । उनी २०४३ सालमा पद्मकन्या क्याम्पस स्ववियु सभापति निर्वाचित भएकी थिइन् ।
‘कांग्रेसलाई समावेशीताको आँगन बनाउँदै सवै जाति, भाषा, धर्म र वर्ग अटाउँदै विकास, रोजगार र आर्थिक उन्नतिका लागि मैले उम्मेदावरी दिन लागेको हुँ ।’, उनले कांग्रेसप्रति युवाहरुको आकर्षण बढाउन र समुन्नत नेपाल निर्माण गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताइन् । वर्तमान कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट उम्मेदावरी दर्ता गराएकी डीनाले आफू निर्वाचित भएपश्चात् पार्टी र राज्यको हरेक अङ्गमा महिलाका अधिकार स्थापित गर्न, नयाँ र पुराना पुस्ताका विचार र अनुभवलाई संयोजन गर्दै अगाडि बढ्ने बताइन् ।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




