Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमसीसीमा रहेका दुविधाबारे स्पष्ट भएपछि मात्रै छलफल अगाडी बढाउन दलहरुको सुझाव

61bf2430dd908_meeting1-1639962598.gif

५ मंसिर, हेटौंडा । राजनीतिक दलका नेताहरूले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा उत्पन्न संशयबारे स्पष्ट नभई अनुमोदन गर्न नसकिने बताएका छन् । 
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् सञ्चालन र एमसीर्सी विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सहभागी विभिन्न दलका नेताहरूले प्रधानमन्त्री देउवालाई एमसीसीका विभिन्न दफाहरूमाथि स्पष्ट नभई संसदमा अघि बढाउन र अनुमोदन गर्न नसकिने सुझाव दिएका हुन् ।
बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा विषय प्रस्तुत गरेका थिए । एमसीसी नेपालका लागि आवश्यक भएकाले यसलाई सरकारले संसद्मा प्रस्तुत गर्ने र अनुमोदनको प्रक्रिया अघि बढाउने विषय देउवाले राखेका थिए ।
देउवाले राखेको विषयमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समर्थन जनाउँदै राष्ट्रिय सहमति बनाएर एमसीसी लागू गर्नुपर्ने बताएका थिए । कांग्रेस नेताहरू रामचन्द्र पौडेल, पूर्वअर्थमन्त्री रामशरण महतलगायतले त्यही विषयमा समर्थन जनाएका थिए । तर, अन्य दलका नेताहरूले भने एमसीसीका विषयमा अझै प्रस्ट नभई त्यसलाई संसद्मा पेस गर्ने वा अनुमोदन गर्ने वा नगर्ने विषयमा धारणा बनाउन नसकिने बताएका राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए । 
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने एमसीसीमाथि उत्पन्न संशयहरूबारे स्पष्ट भएपछि मात्रै त्यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने धारणा बनाउन सकिने बताएका थिए । 
यस्तै बैठकले प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेका छ । आइतबार बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी । 
सर्बदलिय बैठकमा प्रमुख प्रतिपक्षि दल एमाले भने सहभागि भएन । नेकपा एकिकृत समाजबादी पनि बैठमा जाने भए पछि आफुहरु नगएको एमाले नेताहरुले जानकारी दिएका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार