Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा अस्पतालको सेवा सुधार गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

Health-Minister-1639987301.jpg

५ मंसिर, हेटौंडा । हेटौंडा अस्पतालको सेवा सुधारका लागि मकवानपुरको नागरिक समाजका प्रतिनिधिको टोलीले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई ज्ञापनपत्र बुझाएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाको नेतृत्वमा गएको टोलीले मन्त्री लामालाई अस्पताल सुधारका लागि ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा हेटौंडा अस्पतालको स्तरोन्नती एवं क्षमता अभिबृद्धि गर्नुपर्ने, सबै खाले रोगको विशेषज्ञ सुविधासहितको सेवाको व्यवस्था गर्नुपर्ने, समयमा डाक्टरको उपस्थिति सुनिश्चित गर्नुपर्ने, बेवारिसे विरामीको उपचारको व्यवस्था मिलाउनुपर्ने, बनिरहेको भवन निर्माण सम्पन्न गरी चाँडै हस्तान्तरण गर्नुपर्ने, कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने, विमाको औषधीको राम्रो उपलव्धता हुनुपर्ने र टिकट वितरण प्रणाली व्यवस्थित र छरितो बनाउनुपर्ने माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री लामाले हेटौंडा अस्पतालबारे आएका सुझावलाई कार्यान्वयन गर्दै अस्पतालको सेवामा सुधार गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कोरोना महामारीको जोखिम कायमै रहेको अवस्थामा हेटौंडा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै नागरिकले गुणस्तरीय सेवा पाउने अवस्था सिर्जना गर्ने बताए । नागरिक समाजका प्रतिनिधिहरुलाई स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुलाई आंैल्याएर सुधारका लागि सहयोग गर्न मन्त्री लामाले आग्रह गरे ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, नागरिक समाजका तिर्थ थापा मगर, नारी संरक्षण केन्द्रका राम मिजार, डेक नेपालका मानबहादुर वाईबा, पुजा वाईबा, पत्रकार सरिता दाहाल, रामकुमार दानी, दलित महिला संघकी मन्जु रोका लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार