१३ पुस, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले समानुपातिक विज्ञापनका लागि उद्योग संघ मकवानपुर र मकवानपुर उद्योग वाणिज्य संघसंग सोमबार छलफल गरेको छ ।पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम नेतृत्वमा गएको टोलीले जिल्लामा संचालित मिडिया आर्थिक रुपमा धरासायी हुने अवस्था सिर्जना भएको भन्दै आवश्यक समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरको छ । प्रदेश राजधानी हेटौंडामा संचालित उद्योगहरुले ठुला सञ्चार गृहलाई मात्रै विज्ञापन दिने परिपाटीका कारण स्थानिय मिडिया समस्यामा पर्न थालेको भन्दै सबैलाई समानुपातिक विज्ञापन वितरणको पहल गरिदिन महासंघले माग गरेको छ ।
छलफलका क्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले उद्योगहरु पनि मिडियामैत्री हुन चाहेको भन्दै समन्वय गर्न आफुहरु सकारात्मक रहेको बताए ।
छलफलमा संघका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेल, महासचिव बासु कार्की लगायतको सहभागीता रहेको थियो ।
महासंघले मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधिसंग पनि छलफल गरेको छ । छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले केहि समयदेखि मिडिया र संघबीच मिडियामैत्री वातावरणमा कमी देखिएको बताउँदै एकद्वार प्रणाली भइदिए विज्ञापन बाँडफाँडमा सहजता हुने बताए ।
छलफलमा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, एशोसियट तर्फका अर्का उपाध्यक्ष उज्वल चौलागाई र महासचिव दिपक उप्रेतीको उपस्थिति रहेको थियो ।
छलफलमा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुव्र अधिकारी, अर्का उपाध्यक्ष सरला अधिकारी, सहसचिव एमपी शर्मा, सदस्यहरु सिर्जना नेपाल, रुपा गुरुङ, बलराम पुडासैनी, विजय पौडेल, नवराज वाइवा लगायतको सहभागिता रहेको थियो ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







