१३ पुस, हेटौंडा । मकवानपुरका पत्रकार गिरिजा अधिकारी औपचारिक रूपमा नेपाल प्रेस युनियनमा आवद्ध भएका छन् ।
नेपाल प्रेस युनियनको केन्द्रीय कार्यालय काठमाडौंमा भएको कार्यक्रममा अधिकारी औपचारिक रूपमा युनियनमा आवद्ध भएका हुन् । अधिकारीलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलसहित पदाधिकारीले स्वागत गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश सभापति बानियाँले लामो समय पत्रकारिता गरेका अधिकारीको प्रवेशले युनियनको संगठनलाई थप बलियो बनाउन सहयोग पुग्ने बताए । उनले संगठनको अनुशासन र पद्धति अनुसार अघि बढ्न सुझाव दिंदै युनियनले अधिकारीलाई उपयुक्त अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा युनियन अध्यक्ष सिग्देलले अधिकारीको बागमती प्रदेशमा रहेको सक्रियता र क्षमताबारे युनियन जानकार रहेको भन्दै उनको आवद्धताले युनियनमा थप उर्जा मिलेको बताए । उनलेे प्रेस युनियनको महाधिवेशनको मिति छिट्टै तय गर्ने समेत जानकारी दिए ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, कोषाध्यक्ष सरोज अधिकारी, उपमहासचिव भिष्मराज ओझा, केन्द्रीय सदस्य दिलिपाश्री अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
विगतमा प्रेस युनियन मकवानपुरको सहसचिव भैसकेका अधिकारी, प्रेस सेन्टर मकवानपुरको अध्यक्ष र केन्द्रीय सदस्य पनि भएका थिए । विगत ८ बर्षदेखि स्वतन्त्र रूपमा पत्रकारिता गरेका अधिकारी पुन: युनियन फर्किएका छन् ।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




