१७ पुस, हेटौंडा । नेपाली कांग्रेसकी सह–माहामन्त्री महालक्ष्मी डिना उपाध्यायलाई हेटौंडामा सम्मान गरिएको छ । कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र मकवानपुरले हेटौंडामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उपाध्यलाई सम्मान गरिएको हो ।
नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती र ४६ औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा आयोजित राष्ट्रिय मेलमिलापमा किसुनजीको अन्र्तनिहित भूमिकामाथी विचार बहस कार्यक्रममा सह–माहामन्त्री उपाध्यायलाई सम्मान गरिएको हो ।
यस्तै कार्यक्रमकै अवसर पारेर नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका निवर्तमान सभापति आनन्दराम पराजुली र नेपाली कांग्रेसका पुराना नेता अर्जुन थिङलाई पनि सम्मान गरिएको छ । स्मृति केन्द्रका अध्यक्ष विजेन्द्र अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सह माहामन्त्री महालक्ष्मी उपाध्याय डिनाकोे प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछाने, नगरसभापति उत्सव इटेनी, निर्वतमान नगरसभापति आनन्दराम पराजुली, केन्द्रका उपाध्यक्ष मन्जु खराल लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडा वडा नम्बर–९, का संयोजक छविरमण अर्यालको संयोजकत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य माधव आचार्य, अम्रिता थापा, महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठलगाएत नेपाली कांग्रेस मकवानपुरका विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




