Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रतिवेदन बन्दसत्रबाट पारीत

269793166_108448780236931-1640998996.png

१७ पुस, हेटौंडा । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पारीत गरेको छ । 
शुक्रवारको बन्दसत्रमा अध्यक्ष दाहालले समुहगत छलफलबाट उठेका प्रश्नहरुको जवाफ दिएसँगै उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भएको हो । प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावका भावना प्रतिवेदनमा समेट्ने अध्यक्ष प्रचण्डले बताएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए । 
त्यसपछि पश्चात शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार