१७ पुस, हेटौंडा । हेटौंडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले संस्थागत प्रतिवेदन, लेखा समितिकी सदस्य गोपिनी चौलागाईले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, ऋण समितिका संयोजक धनबहादुर गौतमले ऋण समितिको प्रतिवेदन र व्यवस्थापक रीता फुयालले चालु आवको आर्थिक प्रतिवेदन र आव ०७८/०७९ को लागि करिब २ करोड ५० लाखको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
भेलामा उत्कृष्ट बचतकर्तामा देवकी ढकाल उत्कृष्ट ऋणीमा राम बहादुर प्रजा, छलिमाया राई, टेकराज दुलाल र उत्कृष्ट विधार्थीमा समिप घिमिरे, सुरुची भट्टराईलाई सम्मान गरिएको थियो । हेटौंडा–१७ का वडा अध्यक्ष भैरवबहादुर राईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष लक्ष्मण कटुवालको अध्यक्षतामा कार्यक्रम भएको थियो । साधारण सभामा चुच्चेखोला सामुदायिक वन उपभोक्त समूहका कार्यालय सचिव केदार प्रसाद गौतम, संस्थाका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, हेटौंडा नगर कार्यपालिका सदस्य कृष्ण बहादुर राई, कामधेनु बहुद्देश्यीय ऋण सहकारीका निवर्तमान अध्यक्ष गौरवकुमार पराजुली, प्रगतिशिल महिला आपसी विकास संस्थाकी व्यवस्थापक कल्पना पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले पुनः लक्ष्मण कटुवाल नेतृत्वमा ९ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, सदस्यहरुमा कल्पना पराजुली, सरिता खड्का गौतम, धनबहादुर गौतम, रामप्रसाद गौतम, भीमप्रसाद वाग्ले, मनमाया राई र गोकर्ण राई रहेका छन् । त्यस्तै, कुमारमणि दाहाल संयोजक, रोशन घिमिरे र पार्वती चौलागाई सदस्यमा चयन भएको निर्वाचन समितिका संयोजक रमेशकुमार घिमिरेले जानकारी दिए ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







