१९ पुस, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिको पहिलो बैठक सोमबार हेटौंडामा बसेको छ । सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले संघीय राजधानी काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले प्रदेश समितिलाई प्रविधिमैत्री बनाउनेसमेत निर्णय गरेको छ।समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक संजाल बनाई विभिन्न स्थानीयदेखि केन्द्रीय समितिसम्म प्रभावकारी समन्वयको वातावरण बनाउने जनाइएको छ । १४ औँ अधिवेशनबाट निर्वाचित प्रदेश समितिका सभापति, पदाधिकारी तथा सदस्यहरुलाई माघको पहिलो साताभित्रै प्रशिक्षण दिनेसमेत निर्णय भएको महामन्त्री राजु श्रेष्ठले जानकारी दिए ।
साथै बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्न विभिन्न तह तप्काबाट भूमिका निर्वाह गर्ने सबैमा धन्यावाद दिने प्रस्ताव पारित गरेको छ । निर्वाचन अधिकृत, केन्द्रीय तथा मकवानपुर समिति, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज, स्वयंमसेवकलगायत अधिवेशनमा सक्रिय रहने सबैमा प्रदेश समितिले धन्यवाद दिएको हो । समितिले कांग्रेसका नवनिर्वाचित केन्द्रीय सभापतिसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरुमा बधाई शुभकामना दिने प्रस्ताव पनि पारित गरेको महामन्त्री श्रेष्ठले बताए ।
बैठकमा प्रदेश समिति उपसभापति मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र बादे, जीवन डंगोल, सह–महामन्त्री ऋषिराम घिमिरे, हरिसरण श्रेष्ठलगायत सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकअघि निर्वाचन अधिकृत केशवराज काफ्लेले प्रदेश समितिका नवनिर्वाचित सभापति, पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




