Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सर्वोच्चद्वारा स्थानीय तह निर्वाचन विरुद्धको दरपिठ रिट दर्ता गर्न आदेश

court_supreme-1645057712.jpg

५ फागुन, हेटौंडा । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको मिति घोषणा विरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दरपिठको निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको हो ।
महोत्तरी भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले वैशाख ३० गते निर्वाचन गर्दा पाँचवर्षे कार्यकाल पूरा नहुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । साहले सर्वोच्च अदालतमा गएको माघ २६ गते दिएको निवेदन रजिस्टारले दरपिठ गरिदिएका थिए । 
तर बुधबार भने न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले संविधानको धारा २ सय १६ को उपधारा ४ र स्थानीय तह निर्वाचत ऐनका विभिन्न दफाका प्रावधानको व्याख्यासम्बन्धी प्रश्न उठाएर निवेदन परेकाले इजलासबाट सुनुवाइ हुनुपर्ने भन्दै निवेदन दर्ता गर्न परमादेश दिएको हो ।
पालिकाका पदाधिकारीको पदावधि कहिलेसम्म रहने र कुन मितिमा समाप्त हुने भन्ने विषय संविधान र कानुनको व्याख्याको आधारमा निरूपण गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । संविधान र कानुनसँग सम्बन्धित यस्ता विषयलाई न्यायिक प्रक्रियामा नै समावेश नगरि दरपिठ गरेर टुंग्याउनु उचित नहुने आदेशमा उल्लेख छ । 
सरकारले २०७४ सालको वैशाखदेखि असोजसम्म तीन चरणमा चुनाव गरेको थियो । आउँदो वैशाख ३० गते चुनाव भएमा २०७४ सालको असोजमा चुनाव भएका पालिकाका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्दै सकिने भएकाले पूर्ण कार्यकाल काम गर्न पाउँ भन्दै महोत्तरीको भंगाहाका मेयर सञ्जिवकुमार साहले निवेदन दिएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार