११ फागुन, हेटाैंडा । नेपाली कांग्रेस बागमती प्रदेश समिति संगठन निर्माणका साथै मानवीय सेवाको कामलाई तिब्रता दिएको छ । कांग्रेसले करिब दुई हप्ताकाे अवधिमा प्रदेशका ३ जिल्लाका करिब १३ सय परिवार विपन्न चेपाङ, तामाङ, दलितलगायतलाई न्यानाे कपडा वितरण गरेकाे छ भने जंगली हात्ती पीडित समुदायलाई नगद सहयाेगसमेत गरेकाे छ ।
ईन्द्रबहादुर बानियाँ नेतृत्वकाे कांग्रेस प्रदेश समितिले बुधबार मात्र चितवनका ३५० परिवार चेपाङ, तामाङलगायत विपन्न परिवारलाई न्यानाे कपडा वितरण गरेकाे छ । चितवनकाे राप्ती नगरपालिका वडा नम्बर १२ स्थित विकट गाउँ तिरुवामा पुगेर न्यानाे कपडा सहयाेग गरिएकाे हाे । त्यस्तै मंगलबार धादिङकाे बेनिघाट राेराङ गाउँपालिका र गजुरी गाउँपालिकाका ३५० परिवार विपन्न चेपाङलाई ब्लाङ्केट सहयाेग गरिएकाे थियाे ।
कांग्रेसले करिब दुई हप्ताअघि मकवानपुरकाे राक्सिराङ र मनहरी गाउँपालिकाका विपन्न चेपाङ, तामाङ, दलित समुदायका ६१० परिवारलाई पनि जाडाेबाट बच्न ब्ल्याङ्केट सहयाेग गरेकाे थियाे । मानवीय सेवालाई अभियानकै रुपमा सञ्चालन गर्ने क्रममा पार्टीले करिब २ हप्ताअघि सिन्धुलीकाे कमलामाई र दुधाैली नगरपालिकामा जंगली हात्ती पीडित १४० परिवारलाई नगदसहित खाद्यान्न सहयाेग गरेकाे थियाे । जंगली हात्तीले घर भत्काएर बिचल्लीमा परेका कलवार, माझी, तामाङ र दलित समुदायलाई प्रति परिवार पाँच हजार रुपैयाँसहित ब्लाङ्केट, चामल, तेल, नुनलगायतका खाद्यान्न वितरण गरेकाे हाे ।
प्रदेशमा निर्वाचित भएकाे करिब २ महिना बित्दै गर्दा बानियाँ नेतृत्वकाे कार्यसमितिले हरेक जिल्लामा संगठन मजबुत बनाउने र मानवीय सेवा पनि सँगसँगै लैजाने अभियान थालेकाे जनाएकाे छ । जनताकाे सुखदुखमा साथै रहेर आगामी निर्वाचनमा कांग्रेसलाई १ नम्बरकाे पार्टी बनाउन आफूहरु खटिएकाे नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका पार्टी प्रदेश सभापति बानियाँले बताए ।
बुधबार चितवनकाे राप्ती १२ स्थित तिरुवामा भएकाे न्यानाे कपडा हस्तान्तरण कार्यकममा बानियाँले प्रदेशमा रहेका विपन्न चेपाङ समुदायलाई एकीकृत बस्ती बसाल्ने याेजना कार्यान्वयनकाे क्रममा रहेकाे बताए । कांग्रेस गरिब जनतालाई धनी बनाउने पार्टी भएकाे बताउँदै बानियाँले हरेक विपन्न र पिछडिएका परिवारलाई शिक्षा, सीप र प्रविधि प्रदान गरिने बताए ।
'कम्युनिष्टले सधैं गरिबकाे पार्टी भनेर राजनीति गर्याे तर, गरिब सधैं गरिब नै रहिरहे तर, कांग्रेस गरिबलाई धनी बनाउने पार्टी हाे, हामी जे भन्छाैं त्याे गर्छाैं ।' बानियाँले भने-'अब जनताहरु कम्युनिष्टका झुठा आश्वासनकाे पछि लाग्दैनन् । अबकाे निर्वाचनमा जनताले कांग्रेसलाई पहिलाे पार्टी बनाउनेमा ढुक्क छु ।'
कार्यक्रममा बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले दुई तिहाईकाे मत लिएर यसअघि सरकार चलाएकाे कम्युनिष्टले गरेका कामकाे समीक्षा गर्ने बेला आएकाे बताए । झुठा अाश्वासन मात्र दिएर सत्तामा जाने कम्युनिष्टहरुकाे भविष्य सकिएकाे उनकाे भनाइ थियाे । पार्टीकाे राप्ती १२ का सभापति अशाेककुमार जिम्बाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति किरण भूषण ओली, महाबिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद बुर्लाकाेटी, याउरालीटार माविका प्रधानाध्यापक रामकृष्ण प्रजा, १२ नम्वर वडाका अध्यक्ष अर्जुन प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य प्रज्वल दवाडी, रामेश्वर ओली, क्याम्साे गुरुङलगायतकाे आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









