१२ फागुन,हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषित गरिएको छ। हेटौंडा-६ मा रहेको चौघडा स्वास्थ्य चौकीलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएसँगै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषित भएको हो।स्वास्थ्य चौकीमा विहिवार आयोजित घोषणा सभामा हेटौडा उपमहानगरपालिका मेयर हरि बहादुर महतले वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन।
घोषणा सभालाई सम्वोधन गर्दै मेयर महतले स्वास्थ्य चौकीले वडाबासीहरुको स्वास्थ्य प्रति गरेको कामको प्रशंसा गरेका छन । मेयर महतले नगरपालिकाले सदैव नगरबासीहरुको हितमा काम गरेको बताउदै हेटौडा उपमहानगरपालिकालाई देशकै उत्कृष्ठ नगर बनाउने दावी गरेका छन।कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख टीएन ढुङगेलले वडाबासीहरुको सहयोग र साथ पाएकाले स्वास्थ्य चौकीलाई नगरकै उत्कृष्ठ स्वास्थ्य चौकी बनाउन सफल भएको बताए ।
कार्यक्रममा स्वास्थ्य चौकीले गरेको विभिन्न क्रियाकलापहरुको प्रचारप्रसार गरि सहयोग गर्ने सञ्चारकर्मी भीमसेन पौडेल र रुपेश दुलाललाई प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी स्वास्थ्य चौकी जाने बाटोको लागि जग्गा दान गर्ने भगवती ढकाल, मनिस ढकाल र दिनेश ढकाल, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।
हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा हेटौडा–७ का वडा अध्यक्ष राजन थापा, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, बरिष्ठ पत्रकार प्रताप बिष्ट, सहयोगी मन नेपालका केन्द्रीय अध्यक्ष केदार प्रसाद चौलागाई, बंशगोपाल माविका प्रअ. रमेश प्रसाद लामिछाने, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल, नेपाल कम्युनिष्ट पार्टी, एकिकृत समाजवादीका जिल्ला सदस्य देवराज गौतम,नेपाल कम्युनिष्ट पार्टी माओवादीका ६ नं. वडा अध्यक्ष दीपक सापकोटा,महिला स्वास्थ्य स्वयंसविका कल्पना पराजुली लगायतको आतिथ्यता रहेको थियो ।
जिल्लामा थाहानगरपालिकाको वडा नम्बर ६ पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको थियो भने हेटौडा उपमहानगरपालिकामा ६ नं. वडा पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको हो । स्वास्थ्य चौकीमा गत आर्थिक वर्षमा १ सय ६ जना सुत्केरीले सेवा लिएको बताउदै यस आर्थिक वर्षमा हाल सम्म ६२ जना सुत्केरीलाई सेवा प्रदान गरिएको जनाइएको छ।
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




