Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विएस रानाको नेतृत्वमा ललितकला मन्च नेपाल मकवानपुर गठन 

sddsd-1645923235.jpg

१५ फागुन, हेटौंडा । नेकपा एकीकृत समाजवादी पार्टीको जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीको घटक ललितकला मन्च नेपाल मकवानपुर जिल्ला समिती गठन गरेको छ ।
विएस राना नेतृत्वमा गठित ९ सदस्यीय मन्च मकवानपुर समितिको उपाध्यक्षमा दिलकोराजा राजथला, सचिव सुजन राई, कोषाध्यक्ष करिमा जोशी रहेका छन् । 
यस्तै, सदस्यहरुमा अनिता लोप्चन, शारदा घलान, माधवप्रसाद सिलवाल, अदिशराज जोशी र अमृत कार्की छन् । भेलाले मन्चको सल्लाहकारमा कलाकार ज्ञानभक्त लामालाई चयन गरिएको छ । 
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज ललित बस्नेतको प्रमुख आतिथ्यतामा भएको भेलामा राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज शान्तिप्रिय बन्दना, जनसांस्कृतिक महासंघ समाजवादीका केन्द्रीय सदस्य एवं ललितकला मन्च नेपालका केन्द्रीय अध्यक्ष दिवेश प्रधान, जनसांस्कृतिक महासंघ समाजवादी मकवानपुरका अध्यक्ष सानुभाई विश्वकर्माको आतिथ्यता थियो । 
यस्तै, आज भएको भेलाले शनिबारीय चित्रकला अभियानका लागि हेटौंडा डिभिजन घोषणा गरेको छ । कलाकार सुजन राईको संयोजकत्वमा हेटौंडा अभियान घोषणा गरिएको ललितकला मन्च नेपालका केन्द्रीय अध्यक्ष दिवेश प्रधानले जानकारी दिए । 
शनिबारीय चित्रकला अभियान हरेक शनिबारका दिन स्थलगत रुपमा कलाकारले देखेका चित्र कोरी प्रदर्शन गर्दै आइरहेका छन् । अभियान अन्तर्गत गत शनिबार हेटौंडाको संगमचोकमा जम्मा भएका कलाकारले चित्र कोरी प्रदर्शन गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार