Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरले पायो जनजाति नेतृत्व, बानियाँ र उपाध्यायबाट लामालाई न्याय, पराजुलीबाट हार्दिकता

Buddha-1646119279.jpg

१७ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएको छ । १४ औं अधिवेशन अन्तरगत भएको जिल्ला अधिवेशनमा पहिलो चरणमा सबैभन्दा बढि मत ल्याएका बुद्धा लामा ब्लोन सहमतिका आधारमा सभापति भएपछि करिब ३ दशकपछि कांग्रेस मकवानपुरले तामाङ समुदायबाट सभापति पाएको हो । 
यसअघि २०४६ साल अघि सूर्यबहादुर डिम्डुङले नेपाली कांग्रेसको नेतृत्व गरेका थिए । बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले यसअघि समावेशी सिद्धान्त अनुसार चेपाङ समुदायबाट सन्तबहादुर प्रजालाई राज्यमन्त्री बनाएका थिए भने उनकै समर्थनमा लामा जिल्ला सभापतिको उम्मेदवार बनेका थिए ।
अहिले नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र प्रदेश सभापति बानियाँको पहलमा पहिलो र दोस्रो हुने दुबैबीच सहमति भएको छ । सहमतिपछि बानियाँ र उपाध्यायले पार्टीमा लामो योगदान गरेका लामाप्रति न्याय गरेको कांग्रेसजनहरुले तर्क गरेका छन् । पार्टीको आन्तरिक नेतृत्वका लागि मतदानमा होमिएर पुनः कार्यकर्तालाई दुःख दिनु भन्दा सहमतिका लागि पराजुलीले समेत हार्दिकता देखाएको भन्दै कार्यकर्ताबाट उनको प्रशंसा भईरहेको छ । पहिलो र दोस्रो भएका दुबै उम्मेदवार संस्थापन पक्षका हुन् ।
निर्वाचन अघि कार्यवाहक सभापति विष्णु लामिछानेलाई सभापति र लामा र पराजुलीलाई उपसभापति बनाउने बानियाँको प्रयास असफल भएको थियो । त्यसपछि लामा र पराजुली जसले पहिलो चरणमा बढि मत ल्याउँछ उसलाई दोस्रो चरणमा सहमतिमा नेतृत्व दिने भद्र सहमति भएको चर्चा थियो ।
दुबै उम्मेदवारबीच सहमति भएपछि नेपाली कांग्रेसमा खुशीको संचार भएको भन्दै कांग्रेस कार्यकर्ताहरुले खुशीयाली मनाउन थालेका छन् । यसले आगामी स्थानीय तहको निर्वाचनमा सकारात्मक सन्देश भएको र यसले जिल्लामा कांग्रेसले सुखद नतिजा ल्याउने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार