Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्थानिय तहको निर्वाचन अबको लक्ष्यः कांग्रेस नेता मकवानपुर

275183857_234446032569355-1646226270.jpg

१८ फागुन, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका नेताहरुले आफूहरुको लक्ष्य र गन्तव्य आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई मकवानपुरमा एक नम्बरको पार्टी बनाउँनु रहेको बताएका छन् ।
१४ औं जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी रहेका जयराम लामिछानेले नवनिर्वाचित पदाधिकारीहरुको सम्मानका लागी आयोजना गरेको कार्यक्रमा उपस्थित भएको नेताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामासहित सभापतिका उम्मेदवारद्वय आनन्दराम पराजुली र जयराम लामिछानेले स्थानीय तहको निर्वाचनमा आफूहरु एकै मत र मन भएर संगठन सुदृढीकरणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला सभापति लामाले पार्टीभित्रको सबै विचारको सम्मान गर्दै अगाडि बढ्ने बताउँदै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा सकिएको बताए । उनले अब मकवानपुर कांग्रेसमा कुनैपनि गुट उपगुट नहुने दावी गरे ।
सभापतिका प्रत्यासी आनन्दराम पराजुलीले जिल्ला अधिवेशनका प्रतिनिधिहरुले सभापतिका सबै उम्मेदवारलाई समान हैसियत दिएको भन्दै सभापतिमा पराजित भएपनि आफ्नो क्रियाशीलतामा कमी नआउने प्रतिवद्धा व्यक्त गरे । उनले गत निर्वाचनमा मेयरमा झिनो मतान्तरले पराजित भएपनि पार्टीको संगठन निर्माणमा अहोरात्र खठिएको स्मरण गराउँदै अबका दिनमा पनि आफ्नो क्रियाशिलतामा कुनै कमि नआउने बताए ।
यस्तै सभापतिका अर्का उम्मेदवार लामिछानेले पार्टीभित्र विचार र समुहमाथि निषेध गर्ने प्रवृत्ति बढेकोले त्यसलाई रोक्न आफू उम्मेदवार बनेको बताउँदै काँग्रेसलाई दुर्घटना हुनबाट बचाउन कार्यकर्तालाई हतोत्साहित र अपमानित गर्ने प्रवृत्तिको अन्त्य आवश्यक भएकोमा जोड दिए । उनले सबै कांग्रेस जन एकजुट भएर आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा काँग्रेस मकवानपुरका पूर्व सभापतिद्वय माइकल रामचन्द्र अर्याल र रघुरमण न्यौपानेले अबको नेतृत्वले पार्टीलाई एक ढिक्का बनाएर लैजान अहम भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला सभापतिमा निर्वाचित लामा सहित उपसभापतिद्वय आनन्द कठायत र धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत र ईश्वरकुमार पाठक, सहसचिवद्वय ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईँलाई सम्मान गरिएको थियो ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार