Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसको एक महिने अभियानका लागि गुरु घिमिरे भोली बिहीबार हेटौंडा आउँदै

Guru_Raj_29_mY94G9vlVp-1646831130.JPG

२५ फागुन, हेटौंडा । नेपाली काँग्रेसका प्रखर वक्ता एवं युवा नेता गुरुराज घिमिरे भोली विहीबार हेटौंडा आउने भएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय अभियान अन्तर्गत घिमिरे मकवापनुर प्रतिनिधिका रुपमा हेटौंडा आउन लागेको नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति बिष्णुप्रसाद लामिछानले जानकारी दिए ।

कार्यवाहक सभापति लामिछानेले भोली बिहीबार विहान ११ बजे नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यलयमा नेता तथा कार्यकर्ताकोबिचमा घिमिरेल नेपाली कांग्रेसको केन्द्रीय अभियानको बारेमा जानकारी दिने बताए ।
नेपाली कांग्रेसले बैशाखमा हुने स्थानिय तह निर्वाचन केन्द्रित गरि ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान यहि फागुन २९ गतेदेखि चैत्र २० सम्म एक महिनासम्म सञ्चालन गर्दै छ ।
अभियान अन्तर्गत ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोक्ने क्रममा काँग्रेस केन्द्रीय समितिले मकवानपुरमा गुरुराज घिमिरेलाई तोकेको हो ।
केन्द्रीय समितिको बैठकले अभियान अन्तर्गत कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भइ लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदाताहरूलाई अपिल गर्ने तथा कांग्रेसका नेता, कार्याकर्ताहरूलाई एकतावद्ध बनाएर परिचालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै सो अवधिमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथमा पार्टीको सबै संरचनालाई पूर्णता दिइने भएको छ ।
कांग्रेसले हालसम्म गरेको राजनीतिक तथा आर्थिक उपलब्धीहरूलाई जनताको माझमा राख्ने, कांग्रेसले वर्तमान सरकारको नेतृत्व गर्नुपर्नाको कारण र यसअघिको सरकारले गरेका गैरसंवैधानिक काम तथा भ्रष्टाचारहरूको सम्बन्धमा जनतालाई सुसुचित गराउने लक्ष्य राखिएको छ ।
यसैगरी एमसीसी सम्झौताको सम्बन्धमा अन्य राजनीतिक दलहरूले फैलाएको भ्रमको सम्बन्धमा पनि जनतालाई सुसुचित गर्नका लागि प्रशिक्षणसमेत सञ्चालन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458191.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार