Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वर्षमा एक पटक मृगौला परीक्षण गर्न स्वास्थ्य मन्त्री लामाको आग्रह 

Nima-Lama-1646898407.jpg

२६ फागुन, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले वर्षमा एक पटक मृगौला परीक्षण गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । विश्व मृगौला दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मृगौला रोगका विरामी वर्षेनी थपिने गरेकाले बर्षमा एक पटक मृगौला परीक्षण गर्न आग्रह गरेका हुन् । 
उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मृगौला रोगको पहिचानको लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममार्फत मृगौला परीक्षण गर्ने गरेको जनाउँदै रोगको बेलैमा पहिचान भएमा निधानमा समेत सहज हुने भएकोले वर्षमा एक पटक मृगौला परीक्षण गर्न र रोग लागेमा बेलैमा उपचार गर्न सबैमा अनुरोध गरेका छन् । उनले मृगौलाको स्वास्थ्यबारे सचेत रहन सम्पूर्ण महानुभावलाई अनुरोध गरेका छन् । 
नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मृगौलामा समस्या आउने गरेको पाइएको छ । क्रोनिक मृगौला रोग सामन्यतया घातक हुने जनाइएको छ । प्रारम्भिक अवस्थामा यस रोग लाग्नबाट बचाउन साधारणतया हुने व्यवस्थापनबाट विरामीलाई निको पार्न सकिने र घातक हुनबाट बचाउन सकिने जनाईएको छ । 
खानपान, जीवनशैली, उच्च रक्तचाप, मधुमेह लगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मृगौला रोगी बढिरहेका छन् । मृगौलाको समस्याबाट जोगिन प्रशस्त पानी पिउन, हिडडुल गर्न, बेलैमा सुत्न र उठ्न, धेरै गुलियो तथा चिल्लो नखान, उचाइ अनुसारको वजन व्यवस्थापन गर्न चिकित्सकको सुझाव छ । 
नेपाली समाजमा मृगौला रोगको आधारभूत तथा उपयुक्त सूचना नलिने गरेको, मृगौला स्वास्थ्य शिक्षा र जनचेतना नहुनु तथा मृगौला स्वास्थ्य शिक्षा हासिल गर्न तत्परता नरहेको अवस्थामा छ । यही कारणले मृगौला रोग बढ्दो अवस्था रहेको र घातक समेत हुने गरेको स्वास्थ्य सन्देशमा उल्लेख छ ।
“सबैका लागि मृगौला स्वास्थ्य” भन्ने नाराका साथ बिहिबार विश्व मृगौला दिवस मनाईदैछ ।

Subhakamana-Sandesh-World-1646898408.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

थप समाचार