Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनलाग्दी खर्च गर्न नपाउने

nirbachan-ayog-1647047320.jpg

२८ फागुन, हेटौंडा । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा भाग लिने दलका उम्मेदवारले प्रचारप्रसारमा गर्ने खर्चमा सीमा निर्धारण गरेपछि फजुल खर्च गर्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले चुनवामा उम्मेदवारहरुले मतदाता प्रभावित पार्न विभिन्न खाले प्रचारप्रसारमा फजुल खर्च गर्ने गरेको भन्दै चुनावलाई मर्यादित र मितव्यइ बनाउने भन्दै उम्मेदवारले चुनावमा गर्ने खर्चको सीमा अर्थात सिलिङ तोकेको जनाएको छ ।
आयोगले शुक्रबार स्थानीय तहको निर्वाचनका सन्दर्भमा गरिएका काम र प्रगतिका बारेमा जानकारी दिन आयोजना गरेको सर्वदलीय बैठकमा दलहरूलाई उम्मेदवारको खर्च सीमाको बारेमा जानकारी गराएको हो ।
आयोगका अनुसार स्थानीय तहअन्तर्गतको सबैभन्दा ठूलो निकाय महानगरपालिकाको प्रमुख वा उपप्रमुखका उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउनेगरी सीमा तोकिएको छ । 
यसैगरी, उपमहानगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले बढीमा ५ लाख ५० हजार र नगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवारले बढीमा ४ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ ।
आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्षले बढीमा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेगरी सीमा तोकेको छ भने महानगरका वडाध्यक्ष वा सदस्यका उम्मेदवारले बढीमा ३ लाख र उपमहानगरका वडाध्यक्ष वा सदस्यका उम्मेदवारले बढीमा २ लाख ५० हजार रुपैयाँ खर्च गर्न गर्न पाउनेगरी सीमा निर्धारण गरिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार