२८ फागुन, हेटौंडा । मकवानपुरको विकट गाउँपालिका राक्सिराङको वडा नम्बर ९ स्थित कोखारीमा शुक्रबार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ ।
करिब ३८ लाख रुपैयाँ लागतमा निर्मित स्वास्थ्य सेवा केन्द्र भवनको शुक्रबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले उद्घाटन गरेका हुन् । राक्सिराङका विभिन्न वडामा स्वास्थ्य ईकाईका पक्की भवन निर्माण गर्ने क्रममा कोखारीमा पनि स्वास्थ्य ईकाईको भवन निर्माण गरिएको हो ।
स्वास्थ्य ईकाईको भवन उद्घाटन गर्दै राज्यमन्त्री प्रजाले सपना बाँड्ने कम्युनिष्टहरुले केही काम गर्न नसकेकाले अब विकासको जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । कांग्रेसले नेतृत्व गरेको विकट राक्सिराङ गाउँपालिकामा विकासका धेरै काम गर्न सफल भएको भन्दै उनले प्रशंसा गरे । शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधारलगायतको क्षेत्रमा महत्वपूर्ण काम भएको भन्दै आफ्नो कार्यकालमा पनि राक्सिराङमा प्रयाप्त बजेट छुट्याउने प्रतिवद्धता उनले जनाए ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाको बजेटले धान्न नसकेका योजनाहरु प्रदेशबाट छुट्याउन राज्यमन्त्री प्रजालाई आग्रह गरे । विकासका लागि अझै समस्या र चुनौतीहरु धेरै रहेको स्मरण गर्दै उनले सबैको साथ र सहयोग लिएर राक्सिराङको आवश्यकता पूरा गर्न आफूले प्रयाप्त काम गरेको उनको दावी थियो ।
राक्सिराङ गाउँपालिका ९ नम्बर वडा अध्यक्ष रामकुमार बाल्पा थिङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, बागेश्वरी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन मल्ल ठकुरी, राज्यमन्त्रीका निजी सचिव खेम चेपाङ, कोखारी स्वास्थ्य सेवा केन्द्रका कर्मचारी जीवन ठकुरी, निर्माण व्यवसायीका प्रतिनिधि बालकृष्ण खत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




