१ चैत, हेटौंडा । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकाका ४ वडाका एमाले, माओवादी केन्द्र र राप्रपाका १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रतिनिधिसभा १ प्रदेशसभा (क) का सभापति सुशान्त श्रेष्ठको सभाध्यक्षता एवं बागमती प्रदेश सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलाका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा सोमबार बकैया गाउँपालिको हात्तिसुँडेमा भएको संयुक्त पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथि बानियाँले कांग्रेस भीडको पछाडी हिड्ने नभै नियन्त्रण गरेर राम्रो र सही ठाउँमा अन्य दलहरुसमेत संगै लिएर हिड्ने बताए । नेता बानियाँले कम्युनिष्टहरु एमसिसिको बारेमा जनतालाई गलत भ्रम सूचना दिएर गरिव, विपन्न र विकासोन्मुख देशलाई विदेशी शक्ति राष्ट्रले दिएको सहयोगमा खेल्दै जनतालाई झन् विपन्न र गरिव बनाई राजनीति गर्ने पार्टी भएकाले कम्युनिष्टहरुबाट देशमा कहिल्यै जनताको समृद्धि नआउने दावी गरे ।
कार्यक्रममा कांग्रेस प्रतिनिधिसभा १ प्रदेशसभा (क) र बकैया गाउँकार्यसमितिको कार्यालयसमेत उद्घाटनसमेत गरिएको थियो । यस्तै सोमबार विहान कांग्रेस बागमती प्रदेश कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेबाट साविक बुढीचौरको वडा अध्यक्षबाट निर्वाचित जुलाफ सिं रुम्बासहित ३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई सभापति बानियाँले सदस्यता दिएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा, पूर्व सभापति माईकल रामचन्द्र अर्याल, निवर्तमान कार्यबहाक सभापति विष्णु लामिछाने, जिल्ला उपसभापतिद्वय आनन्द कठायत र धर्मराज लामिछाने, सचिव ईश्वर पाठक, जिल्ला सदस्य आनन्दराम पराजुली, महिला नेतृ रिता खनाल, संघीय सभापतिद्वय दामोदर खनाल र लोक मुक्तान, नेपाल विद्यार्थी संघका अध्यक्ष राजु खतिवडा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, महिला संघ बागमती गाउँपालिका सचिव अप्सरा लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...









-nepal-1792111426.jpg)








