Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसको अभियानलाई जनताको घरघरमा लिएर जाऔं: नेता बानियाँ

IMG_20220315_144716-1647335052.jpg

१ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति एवं प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस कार्यकर्ताहरुलाई सम्पूर्ण जनताको घर घरमा गएर नेपाली कांग्रेसको घर घर जाऔं कांग्रेस जिताऔं अभियानको बारेमा जानकारी गराउँन आग्रह गरेका छन् । 
नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ समितिको अयोजनामा मंगलबार भएको लामसुरे टोल विकास समिति गठन तथा पार्टी प्रवेश कार्यबmमकमा बोल्दै सभापति बानियाँले जनताका घर घरमा जाँदा कांग्रेसले आजसम्म गरेका राम्रा काम र भोलीका दिनमा गर्ने कामका बारेमा जानकारी लिएर जान अग्रह गरेका हुन् । 
उनले कम्युनिष्टहरुको जस्तो झुटा आश्वसन र भ्रम नभई जनताका वास्तविक पिर र मर्का समाधान गर्ने अभियान लिएर जानुपर्ने बताए । सभापति बानियाँले कम्युनिष्टहरुले एमसीसीको बारेमा भ्रम छरेको भन्दै देशमा व्याप्त रहेको गरिबी, अशिक्षा, भोक र रोगको अन्त्यका लागी एमसीसी अनुमादोन गरेको जनतालाई बुझाउन कार्यकर्ताहरुलाई आग्रह गरे । 
९ नम्बर वडा समितिका सभापति बिन्दु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई बागमती प्रदेशका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि बानियाँले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।
यस्तै उक्त अवरमा पुष्पनाथ नेपालको अध्यक्षतामा टोल समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा अग्नि सुवेदी, सचिव नविन रेग्मी, कोषाध्यक्ष माधव रेग्मी तथा सदस्यमा बुद्ध लामा, दिपेश अर्याल र अजय ढुंगाना लगाएत रहेको तरुन नेता सुमन अर्यालले जानकारी दिए ।
वडा समितिका सचिव प्रदीप पराजुलीले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, मकवानपुरका जिल्ला सदस्य आनन्दराम पराजुली, संगिता सिग्देल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश ख का सभापति राजेश बानिायाँ, संघीय सचिव दोर्जे लामा स्याङतान, प्रदेश सचिव गोकर्ण सुवेदी, नगरसभापति उत्सव इटेनी, तरुण दल ९ नम्बर वडा अध्यक्ष हिस्की रानामगर लगाएत कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

IMG_20220315_144735-1647335055.jpg
IMG_20220315_144804-1647335097.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार