२ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा १५ नम्बर वडा समितिले कांग्रेसको घरघर जाउँ कांग्रेस जिताउँ अभियानको सुरुवात गरेको छ । मंगलबार कांग्रेस १५ नम्बर वडा कार्यालयको उद्घाटन गर्दै अभियानको सुरुवात गरिएको हो ।
नेपाली कांग्रेस १५ नम्बर वडा सभापति नवराज घलानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सभापति लामाले नेपालभर कांग्रेसको अभियान सुरु भएको र यो अभियानलाई वडा देखी गाउँ गाउँ सम्म पु¥याउने काम सबै मिलेर गर्नुपर्ने बताए । स्थानीय तहको निर्वाचनको समय आइसकेकोले सबैले निर्वाचन लक्षित काम गर्न र कांग्रेसको बारेमा आम जनतालाई बुझाउन आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने समय आएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले स्थानीय निर्वाचनमा कांग्रेस विजयी बनाउन सुरु भएको अभियानलाई सबैले अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताए । कम्युनिष्ट र कांग्रेस बीचको फरकको बारेमा जनतालाई अभियानसंगै जानकारी गराउने समय आएको उनले बताए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव भीमसेन पौडेल, जिल्ला सदस्य राजकुमार वाइवा, क्षेत्रीय सभापति राजेश बानियाँ, नगर सभापति उत्सव इटेनी, नगर सचिव हर्करत्न लामा, महासमिति सदस्य प्रभात दाहाल, १५ नम्बर वडाको वडा अध्यक्ष महारत्न लामा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
अभियानको सुरुवात र वडा कार्यालय उद्घाटन कार्यक्रम संगै फायरलाइन टोल समिति समेत गठन गरिएको छ । दिलबहादुर लोप्चनको अध्यक्षतामा १७ सदस्यीय फायरलाइन टोल समिति गठन भएको हो । टोल समिति गठन भएसंगै वडाभित्र रहेको अरु टोलमा पनि समिति बनाईने र घरघर जाउँ कांग्रेस जिताउँ अभियान चैत महिनाभर सञ्चालन गर्ने १५ नम्बर वडा सभापति नवराज घलानले जानकारी दिए । सबै टोलमा समिति गठन पश्चात चैत मसान्तमा वृहद वडा भेला सहित अभियानको समापन गर्ने सभापति घलानले बताए ।
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...









-nepal-1792111426.jpg)








