Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बुङ्दल सामूदायिक वनको २६ औ बार्षिक साधारणसभा सम्पन्न

Bungdal-ban-1647683353.jpg

५ चैत,हेटौंडा। मकवानपुरगढी ५ मा रहेको बुङ्दल सामूदायिक वन उपभोक्ता समूहको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  समूहका अध्यक्ष चन्द्रप्रसाद दुलालको सभाध्यक्षता तथा सामूदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको प्रमुख अतिथ्यतामा साधारणसभा शनिबार सम्पन्न भएको हो ।
वन समूहकी सचिव सम्झना तिमल्सिनाले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न उपसमिति गठन गरि बेसार खेती प्रवद्र्धन, लघु उद्यम सञ्चालन कार्यविधि २०७८ तयारी, पर्यापर्यटन कार्यविधि २०७८ तयारी जस्ता क्रियाकलाप गरिएको  जानकारी गराइन। वन समूहले यस आर्थिक वर्षमा करिब २७ लाख ४९ हजार १०७ रुपैयाँको आर्थिक कारोबार गरेको  जनाइएको छ।

साधारणसभा कार्यक्रममा मकवानपुरगढी वडा नम्बर ५ का वडा अध्यक्ष जीतबहादुर घिमिरे, फेकोफनका जिल्ला कोषाध्यक्ष तथा मकवानपुरगढी अध्यक्ष बलराम अधिकारी,थाकलडाँडा सामूदायिक वन समूहका अध्यक्ष बलराम फुँयाल, नमुना सामूदायिक  वन समूहका अध्यक्ष खडानन्द न्यौपाने, वुङ्दल वन समूहका सल्लाहकार जयराम तिमल्सिना,हरिमाया अधिकारी, वन समूहकी उपाध्यक्ष राधिका छत्कुली, रानी वनका कार्यालय सचिव भीमसेन पौडेल लगायतकाको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार