७ चैत, हेटौंडा । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कम्युनिष्टहरू अपरिपक्व भएकाले जनता कांग्रेसको पक्षमा रहेको बताएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यालय एवं कार्यसमितिको तेस्रो बैठक उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताले करिब दुई तिहाइ मत दिएर कम्युनिष्टहरूलाई सत्ता नेतृत्व गर्न दिए पनि संसद विघटन गरेर अपरिपक्व व्यवहार देखाएकाले जनताले कम्युनिष्टहरूलाई छोडिसकेको बताएका हुन् । उनले नेपाली कांग्रेसकै कारण देशमा परिवर्तन आएकाले पनि जनता सधै कांग्रेसको पक्षमा रहेको बताएका छन् । उनले जनताको भरपर्दो पार्टी कांग्रेस मात्रै भएको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले एमसीसीको विषयमा अन्य दलले आफ्नो लाभको आधारमा धारणा फेरेपनि विकासका लागि कांग्रेसले निरन्तर एउटै धारणा प्रस्तुत गरेबाट जनताले कांग्रेस मात्रै भरपर्दो पार्टी भएको बुझिसकेको बताए ।
निर्वाचन सबै राजनीतिक दलका लागि परीक्षण भएको बताउँदै उनले मेहनत गर्ने दलले मात्रै सफलता हासिल गर्ने बताए । उनले जनतालाई स्पष्टसंग आफ्नो विगत ५ बर्षको काम बताउँदै आगामी रणनीतिबारे विश्वस्त पार्नुपर्नेमा जोड दिए । कार्यकर्ताले टोल तहसम्म पुगेर निर्वाचन केन्द्रित अभियान संचालन गर्नुपर्ने बताए । उनले नेपाली कांग्रेसले टिकट वितरणमा व्यवहारिक र सैद्धान्तिक पक्षलाई ख्याल राख्दै समयमै टुंगो लगाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल, सांसद प्रभात तामाङ, प्रदेशका नेता जगदिश्वरनरसिंह केसी, सहमहामन्त्री जीवन डंगोल, मकवानपुर सभापति बुद्ध लामा, प्रदेश सदस्य तारा गुरूङले कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे धारणा राखेका थिए । २ दिने प्रदेश कार्यसमिति बैठकमा आगामी निर्वाचन केन्द्रित रहि रणनीति तयार गर्न प्रशिक्षण समेत दिने प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको भनाई छ । प्रशिक्षणमा डा. खिमलाल देवकोटा, डा. गोविन्द पोखरेल, रामबहादुर लामाले प्रशिक्षणमा सहजिकरण गर्ने जनाइएको छ ।
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...








-nepal-1792111426.jpg)








