Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पानीको भारी बोकाएर पठाएका जनप्रतिनिधि पुनः गाउँ फर्कँदा मालाको भारी

ddaaa-1648084029.jpg

१० चैत,  हेटौंडा । पानीको मुहान तल, बस्ती छ डाँडामा । राक्सिराङ गाउँपालिका–८ नम्बर वडास्थित महांकालका स्थानीयले खानेपानी लिनको लागि करिब २ घण्टाको उकालो ओरालो हिँड्नुपर्ने बाध्यता थियो ।
स्थानीयले वर्षौदेखि खानेपानीको विकराल समस्या भोगिरहेका बेला गाउँमा २ वर्षअघि जनप्रतिनिधिको टोली नै पुग्यो । नवनिर्मित विद्यालय भवन उद्घाटन गर्न गएका जनप्रतिनिधिलाई स्थानीयले आफ्ना समस्या मात्रै देखाएनन्, समस्या समाधान गर्न रचनात्मक दबाब पनि दिए । जनप्रतिनिधि र नेताको टोलीलाई उकालोमा पानीको गाग्री नै बोकाइदिए ।
आफैंले उकालोमा डोकोमा पानीको गाग्री बोकेर स्थानीयको पीडा महसुस गरेका जनप्रतिनिधि र नेताहरुले गाउँमा जसरी पनि खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता गरेर फर्किए । अहिले गाउँमा खुसीयाली छाएको छ । 
राक्सिराङ गाउँपालिकाले तत्कालै १६ लाख रुपैयाँ बजेट विनियोजन गरी गाउँमा खानेपानीको व्यवस्था गरिदियो । सोलार पम्पिङमार्फत बन्जीडाँडा खोलाबाट डाँडामा पानी तानेर स्थानीयलाई वितरण गरिएको छ । १५ घरधुरी रहेका महांकालमा ४ वटा धारामार्फत खानेपानी वितरण गरिएको छ ।
दुइवर्षअघि स्थानीयको समस्याकोभारी बोकेर फर्किएका जनप्रतिनिधि र नेताहरु बुधबार पुनः महांकाल फर्किँदा स्थानीयबासी फूलमाला र अबिर बोकेर भव्य स्वागतमा उत्रिए । आफूहरुको वर्र्र्षौदेखिको समस्या समाधान भएकोमा उनीहरु अति हर्षित थिए । 
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, ८ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजा, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायतको टोली गाउँमा पुगेर स्थानीयसँग खुसी साटासाट गरे । स्थानीयको घरछेउमै ठडिएको धाराबाट पानी थापेर घरभित्रैसम्म पु¥याइदिए, पानी छ्यापाछ्याप गरेर खुसी बाँडे ।
स्थानीयबासीसमेत रहेका वडा सदस्य जयबहादुर तितुङले खानेपानीको समस्या समाधान भएसँगै स्थानीयको जीवनस्तर नै फेरिएको बताए । ‘हरेक दिन २ खेप पानी बोक्दासम्म आधा दिन भइसक्थ्यो । अरु काम गर्ने फुर्सदै हुँदैनथ्यो । अहिले घर नजिकै धाराझर्दा बारीमा तरकारी रोप्नेदेखि अरु काम गर्न पाएका छौं ।’ तितुङले भने । गाउँपालिकाले १६ लाख रुपैयाँ विनियोजन गरेकामा उपभोक्ताको समेत श्रमदानबाट खानेपानी आयोजनाको लागत करिब ३० लाख पुगेको उनले बताए । 
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले स्थानीयको समस्या समाधान गर्न आफूहरु सँधै तयार रहेको बताए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफूहरुले भनेर होइन गरेर देखाउने बताए । आफूहरु जनप्रतिनिधि भएर आएपछि गाउँका हरेक टोलमा महसुस हुने गरी विकास गरिएको उनले दावी गरे । 
१५ घरको लागि अहिले सामुहिक प्रयोगको लागि ४ वटा धारामार्फत पानी वितरण गरिएकोमा अब घरघरमै धारा जडान गर्नको लागि बजेटको व्यवस्था गरिने पनि उनले बताए ।   


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार