११ चैत, हेटौंडा । आयोजक बागमती युवा क्लवलाई टाइब्रेकरमा निराश बनाउँदै साविक विजेता हेटौंडाको पिप्ले युवा क्लव छैठौं राजर्षी जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न सेमिफाइनलमा आयोजकलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै पिप्ले उपाधि नजिक पुगेको हो । निर्धारित समय गोलरसहित बराबरी भएपछि खेलको टाइब्रेकरमा केलिएको थियो ।
पिप्लेको जितका लागी अशोक खवास, ऋतिक खड्का, कुलदीप कार्की र मार्टिन्सको प्रहार गोलमा परिणत हुँदा सर्लाहीका आयुष राना मगर र अनिल रानाले मात्रै गोल गरेका थिए । सर्लाहीका अमर श्रेष्ठको प्रहार पिप्लेका गोलरक्षक अनिष देउलाले बचाउ गर्दा ईमान घलानको प्रहार बाहिरिएको थियो ।
खेलमा पिप्लेका गोलरक्षक देउला नै म्यान अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । अब पिप्लेले उपाधिका लागि मछिन्द्र क्लव र सुदूरपश्चिम ११ को विजेतासंग १३ गते आइतबार खेल्नेछ ।
बागमती युवा क्लव सर्लाहीको आयोजना तथा बागमती नगरपालिकाको सहयोगमा जारी छैठौं राजर्षी जनक कप फुटबल प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार र उपविजेताले ५ लाख ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
गत बर्षपनि आयोजकलाई टाइब्रेकरमै हराउँदै उपाधि जितेको पिप्लेले यस बर्षपनि फाइनलमा स्थान बनाएको हो । सन्तोष श्रेष्ठ स्मृति खेल मैदान बागमती नगरपालिका–११ सर्लाहीमा जारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसहित विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले पनि नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















