Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस हेटौंडानगरमा १७ जना मनोनीत, कोषाध्यक्षमा चौलागाई

कांग्रेस-1648218169.jpg

११ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौडा नगर कार्य समिति कोषाध्यक्ष सहित १७ जना सदस्यमा मनोनीत  गरिएको छ । नेपाली कांग्रेस, हेटौडा नगर समितिको शुक्रबार सम्पन्न तेस्रो भेलाबाट नगर कोषाध्यक्षमा कुलप्रसाद चौलागाईं चयन भएका छन्। 
त्यसैगरी भेलाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट हेटौंडा उपमहानगरमा क्षेत्रमा पर्ने विकास निर्माण र अन्य योजनाहरू समेटेर निर्वाचन घोषणापत्र  तयार गर्न कृष्ण प्रसाद दाहालको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति र व्यवस्थापन समिति गठन गरेको छ । समितिको सह-संयोजकमा राजाबाबु पहाडी र व्यवस्थापन समितिमा नगर सभापति उत्सव इटेनीको संयोजकत्वमा ८ सदस्य रहेका छन् । 
शुक्रबारको भेलाले आगामी स्थानीय तहको निर्वाचनको हेटौंडा नगरमा निर्वाचन सम्बन्धी कार्यको अनुगमन तथा सहजीकरण गर्न सभापति उत्सव इटेनीलाई हेटौंडा-११, १३, १९, ७, ९, उपसभापति रामकृष्ण कोइरालालाई वडा नम्बर १६ र १७, उपसभापति  डोल्मा स्याङ्बोलाई वडा नम्बर ५ र ६ सचिव सविन न्यौपानेलाई वडा नम्बर १ र १०, सचिव हर्क रत्न लामालाई वडा नम्बर ८, १३, १४, १५, सहसचिव विकास बानियाँलाई वडा नम्बर २ र १८ र सह-सचिव निगमलाल श्रेष्ठलाई वडा नम्बर ४ र १२ को प्रतिनिधि चयन गरेको कांग्रेस हेटौंडा नगर सचिव सविन न्यौपानेले बताएका छन् ।
त्यसैगरी आजको भेलाले कांग्रेसको बिधानको दफा ५ को उपदफा क र ख बमोजिम सभापति उत्सव इटेनी, उपसभापति रामकृष्ण कोइराला, उपसभापति डोल्मा स्याङ्बो, सचिव सविन न्यौपाने, सचिव हर्क रत्न लामा, कोषाध्यक्ष कुलप्रसाद चौलागाई, सहसचिव विकास बानियाँ, सह-सचिव निगमलाल श्रेष्ठ सहित २४ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ ।  त्यसैगरी कांग्रेस हेटौंडानगरको आज भएको तेस्रो भेलाले सल्लाहकारमा महेन्द्र राउत, विजेन्द्र अग्रवाल र प्रेस सल्लाहकारमा प्रेस युनियन मकवानपुरका महाधिवेशन प्रतिनिधि सुनिल शिवाकोटीलाई मनोनीत गरेको सचिव न्यौपानेले जानकारी दिएका छन् । त्यसैगरी बैठकमा सहभागि वडा सभापति तथा प्रतिनिधिले आगामी निर्वाचनमा हेटौंडाको मेयर का साथै वडा तहमा उम्मेदवार टुङ्ग्याउदा जनताको माझमा भिजेका, जनतासँग नजिक रहेर काम गरेका तथा कांग्रेसमा क्रियाशील रहेका व्यक्तिहरुलाई टिकट दिन पार्टीका शीर्षस्थ नेताहरू आग्रह गरेका छन् । भेलामा सहभागी वडा सभापति तथा प्रतिनिधिले आगामी स्थानीय तह निर्वाचन अन्तर्गत कांग्रेस हेटौंडा नगरमा जनलहर सृजना गरी नगरमा विजयको झण्डा फहराउन वडा तहबाट सकृय भुमिका निभाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कांग्रेस-1648218204.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार