१२ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको घरघर जाऔं कांग्रेस जिताउँ अभियान अन्तर्गत हेटौंडा उपामहानगरपालिका वडा नम्बर ९ मा भएको निर्वाचन जागरण कार्यक्रममा ५५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस वडा नम्बर ९ इकाइ सभापति बिरेन्द्रकुमार लामाको सभाध्यक्षता एवं मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा बोल्दै सभापति लामाले कांग्रेसको ’घरघर जाउ कांग्रेस जिताउ’ अभियानले आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई मकवानपुरमा स्थापित गर्ने बताए । उनले मकवानपुर कांग्रेस जनताका एजेन्डा लिएर गाउँगाउँ छिरेको बताउँदै कार्यकर्ताहरुलाई जनताको आबस्यकता बुझ्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सह सचिव ताराचन्द्र बजागाईं, जिल्ला सदस्य, आनन्दराम पराजुली, प्रभात दाहाल, कालु घलान, क्षेत्रिय सचिव गोकर्ण सुवेदी, संघिय सदस्य योग्यराज सापकोटा, नगर सभापति उत्सव इटेनी, जिल्ला प्रतिनिधि केशव धिताल, नेपाल टे«ड युनिय कांग्रेस बागमती प्रदेश उपाध्यक्ष कुमार पौडेल, नेपाल महिला संघ मकवनपुरकी पूर्व अध्यक्ष चित्रलेखा उपाध्याय, महाधिवेशन प्रतिनिधि अमृता थापा लगाएत नेपाली कांग्रेसका हेटौंडा नगर सदस्य, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
९ नम्बर वडाका सचिव प्रदिप पराजुलीले सहजिकरण गरेको कार्यक्रमबाट रमेश अधिकारीको संयोजकत्वमा नेपाली कांग्रेस धर्मपथ टोल समिति समेत गठन गरिएको छ । समितिको सह–संयोजकमा अजिता भट्टराई, सचिवमा रामनाथ मण्डल, सह–सचिवमा सम्झना परियार, कोषाध्यक्षमा जिवन न्यौपाने रहेका छन् । यस्तैगरी टोल समितिको सदस्यहरुमा सविना मण्डल, दिपा थोकर, ओम पुर्वछाने, रमादेवी शर्मा, कृष्णा साई र रुपेश रेग्मी रहेको अर्का सचिव अमित श्रेष्ठले जानकारी दिए ।
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...









-nepal-1792111426.jpg)








