१२ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धनबारे आफुले दिएको अभिव्यक्तिलाई गलत ढंगले बुझेर अफवाह फैलाइएकोमा आपत्ति जनाएका छन् ।
शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय तहमा सत्ता साझेदार दलहरूबीच गठबन्धन गर्नु परे जिल्ला र प्रदेशसंग समन्वय गर्दा फाईदा पुग्ने भनेकोमा अधिकार कटौती गर्न खोजेको भन्दै एक केन्द्रीय नेताबाट भ्रम फैलाइएको उनले बताएका हुन् । 'टिकट सिफारिस र वितरणको अधिकारबारे म प्रष्ट छु, सम्बन्धित तहले सिफारिस गर्ने र अधिकार प्राप्त तहले वितरण गर्नुपर्छ भन्नेमा म प्रष्ट छु, विधान मैले पनि पढेको छु'-उनले भने-'गठबन्धन गर्नु परेको अवस्थामा जिल्ला र प्रदेशसंग पनि समन्वय र सल्लाह गर्दा फाइदै पुग्छ मात्रै भनेको हो ।' टिकट वितरणमा कुनै तहसंग समन्वय गर्ने वा नगर्ने अधिकार सम्बन्धित तहमा हुनेमा आफू प्रष्ट रहेकाले भ्रम फैलाउने उद्धेश्यले अधिकार कटौती गर्न खोजेको भन्ने अभिव्यक्ति नदिन नेताहरूलाई बानियाँको सुझाव छ । भ्रम फैलाउनु भन्दा पार्टीको गाउँ टोलमा संचालन भइरहेका कार्यक्रममा सहभागी हुँदा कांग्रेसलाई फाइदा पुग्नेतर्फ नेताहरूले ध्यान दिनुपर्ने उनले बताए ।
'मेरो अभिव्यक्तिलाई गलत प्रचार गर्नु भन्दा कांग्रेसको चुनावी अभियानमा सहभागी हुँदा कांग्रेसलाई फाईदा पुग्छ, त्यसतर्फ लाग्न म ति नेतालाई बिनम्र अनुरोध गर्दछु।'
बानियाँको अभिव्यक्तिलाई गलत ढंगले बुझ्दै केन्द्रीय सदस्य मोहन बस्नेतले टिकट वितरणको अधिकार खोस्न खोजिएको भन्दै संचारमाध्यममा अभिव्यक्ति दिएका थिए । त्यसपछि कांग्रेस नेता कार्यकर्तामा भ्रम पैदा हुने देखेर बानियाँले यसबारे प्रष्ट पारेका छन् ।
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...









-nepal-1792111426.jpg)








