१४ चैत, हेटौंडा । नारायणी पेट्रोलियम विक्रेता संघका अध्यक्ष उत्सव इटेनीले पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले उठान गरेको माग सम्बोधन नभए पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पार्ने चेतावनी दिएका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै उनले चैत्र १७ गतेसम्म पनि माग पूरा नभए लोड अनलोड ठप्प पारिने चेतावनी दिएका हुन् ।
पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिले फागुन २३ गते नेपाल आयल निगमलाई विभिन्न ६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको थियो । ‘१७ गतेसम्म माग पूरा नभए नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्ज बारा डिपोबाट पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पार्नेछौं’, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई बुझाएको पत्रमा भनिएको छ, ‘आन्दोलनबाट उपभोक्तालाई पर्न जाने असुविधाप्रति नेपाल आयल निगम नै जिम्मेवार हुनेछ ।’
आन्दोलनलाई सफल बनाउन भन्दै फागुन २३ गते नै नारायणी पेट्रोलियम विक्रेता संघका अध्यक्ष इटेनीको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन भैसकेको छ ।
पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले नेपालमा पेट्रोलियम ऐन बनाएर लागू गर्नुपर्ने, निगमको एलपीजी विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी सम्बन्धि व्यवसायी संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जनसहित संशोधन गर्नुपर्ने, नेपाल सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा समेत ढुवानी भाडा लागू गर्न अध्ययन समितिको प्रतिवेदन अनुसारको भाडा यथाशिघ्र लागू गर्नुपर्ने लगायत ६ बुँदे माग राखिएको छ ।
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...








-nepal-1792111426.jpg)









