Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपालले पपुवा न्युगिनीलाई १५ रनले हरायो

Nepal-1648468338.jpg

१४ चैत, काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले रोमाञ्चक जित निकलोको छ । सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पीएनजीले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६८ रन बनायो । पीएनजीका लागि नोरमान भानुवाले ५२ रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । उनलाई करण केसीले आउट गरे । करणले नै सिमोन आटेलाई आउट गराए । यसअघि पीएनजीले दोस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो ।
टोनी उरा ५ रन बनाएर आउट भए । उनलाई करण केसीले क्याच आउट गराए । तेस्रो ओभरको अन्तिम बलमा पीएनजीले दोस्रो विकेट गुमायो । पीएनजीका लेगा सिकालाई २१ रनमा सोमपाल कामीले क्याच आउट गराए ।पीएनजीले छैटौं ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेट गुमायो । पीएनजीका कार्लेस अमिनीलाई अबिनास बोहोराले २२ रनमा बोल्ड आउट गराए । पीएनजीका असाड भाला नवौं ओभरको अन्तिम बलमा ७ रन बनाएर पेवेलियन फर्किए । उनलाई सन्दीप लामिछानेले क्याच आउट गराए ।
सन्दीपले नेपाललाई ११औं ओभरको अन्तिम बलमा पाँचौं सफलता दिलाए । उनले सेसे बाउलाई ३० रनमा एलबीडब्लू आउट गराए । पीएनजीले १२औं ओभरको तेस्रो बलमा आफ्नो छैटौं विकेट गुमायो । पीएनजीका रिले हेकुरेलाई अबिनासले ३ रनमा क्याच आउट गराए । १३औं ओभरको अन्तिम बलमा पीएनजीले आफ्नो सातौं विकेट गुमायो । पीएनजीका जोसन किलालाई सन्दीप लामिछानेले खाता खोल्न नपाउँदै एलबीडब्लू आउट गराए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।  
नेपालका लागि आरिफ शेखले ३१ रनको योगदान गरे । यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए । उनी रन आउट भएका हुन् । १२औं ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेट गुमायो । नेपालका आसिफ शेख ४३ रन बनाएर आउट भए । उनलाई अलेइ नोले क्याच आउट गराए । १३औं ओभरको पहिलो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्यल ३४ रन बनाएर आउट भए । उनलाई काड सोपरले क्याच आउट गराए ।
१४औं ओभरको पहिलो बलमा नेपालले आफ्नो चौथो विकेट गुमायो । नेपालका दिपेन्द्र सिंह ऐरी ४ रन बनाएर आउ भए । उनलाई कार्लेश अमिनीले क्याच आउट गराए । १५औं ओभरको तेस्रो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका कुशल मल्ल ११ रन बनाएर बोल्ड आउट भए । उनलाई रिले हेकुरेले बोल्ड गराएका हुन् । १६औं ओभरको दोस्रो बलमा नेपालले छैटौं विकेट गुमायो । नेपालका लोकेश बम ५ रन बनाएर आउट भए । उनीलाई कार्लेश आमिनीले क्याच आउट गराएका हुन् । १७औं ओभरको पहिलो बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो । नेपालका करण केसी १४ रन बनाएर आउट भए । उनलाई पीएनजीका इलेइ नोआले क्याच आउट गराए ।त्यसपछि नेपालले १९औं ओभरको अन्तिम बलमा आफ्नो आठौं विकेट गुमायो । नेपालका सोमबाल कामी १ रन बनाएर आउट भए । उनलाई नोरमान भानुवाले क्याच आउट गराएका हुन् । (रातोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार