Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्वास्थ्य क्षेत्रमा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ: मन्त्री लामा

Screenshot_20220328-20351-1648479045.jpg

१४ चैत, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले स्वास्थ्य क्षेत्रको युवा लक्षित कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । 
स्वास्थ्य निर्देशनालयले आयोजना गरेको युवा माझ परिवार नियोजनका साधनको घट्दो उपयोग र सुरक्षित गर्भपतन सम्बन्धी प्रादेशिक बैठकमा बोल्दै उनले युवा र महिलाको स्वास्थ्य क्षेत्रमा सरकारले विभिन्न कार्यक्रम ल्याइ स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने काम गरिरहेको बताए ।
युवा लक्षित कार्यक्रम संचालन गर्दै आइरहेको भिजिवल इम्प्याक्ट संस्थाको सहकार्यमा गरिएको बैठकमा मन्त्री लामाले अनुसन्धान गरि तथ्यांकमा रहेर काम गर्न भिजिवल इम्प्याक्टलाई आग्रह गरेका थिए ।
बैठकमा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले परिवार नियोजनका साधन तथा सुरक्षित गर्भपतन, गर्भपरिक्षणका विषयमा खुलेर कुरा गर्न सक्ने वातावरण सिर्जना बनाउनुपर्नेमा जोड दिएका थिए । स्वंम सेविकालाई थप तालिम प्रदान गर्दै परिवार नियोजनका अस्थायी साधनको प्रयोग, गर्भपरीक्षण तथा सुरक्षित गर्भपतनका सेवा थप प्रभावकारी बनाउन सरकार लाग्ने बताए । उनले स्वास्थ्य क्षेत्रका सबै सेवा प्रभावकारी बनाउन सकिए आम नागरिकले स्वास्थ्यप्रतिको चासो अझै बढ्ने बताए ।  
बैठकमा भिजिवल इम्प्याक्टका कार्यक्रम संयोजक शिल्पा लामिछानेले संस्थाले स्वास्थ्य क्षेत्रमा गरिएको युवा लक्षित कार्यक्रमको कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सबै प्रदेशमा यी युवा माझमा परिवार नियोजनको प्रयोग, सुरक्षित गर्भपतन, परिक्षण लगायतको विषयमा छलफल तथा अन्तरक्रिया गरिएको उनले बताइन् । कार्यक्रममा निर्देशनालयका तथ्यांक अधिकृत इन्द्रमणि भण्डारीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।  
कार्यक्रममा मन्त्रालयका सचिव बद्री बहादुर खड्का, डा. अर्जुन सापकोटा, डब्लुएचओका प्रतिनिधि भीम धिताल, नेपाल परिवार नियोजन संघ मकवानपुरका ममता श्रेष्ठ, स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरे, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वंमसेविका, स्वास्थ्यकर्मी, युवाहरु लगायतको सहभागिता रहेको थियो ।

Screenshot_20220328-20254-1648479047.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार