२१ चैत,हेटौडा । मनहरी गाउँपालिका–१, चकरीमा रहेको चेतना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ ।
लोकहित उपभोक्ता समितिका अध्यक्ष चन्द्र बहादुर मुक्तानको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष बंशीगोपाल कँडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा समूहकी कोषाध्यक्ष सिद्धि कुमारी चिमरियाले आर्थिक वर्ष २०७७।०७८ को लेखापरिक्षण प्रतिवेदन र सचिव माधव प्रसाद उप्रेतीले चालु आर्थिक वर्ष २०७८।०७९ को लागि करिब ८ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।
भेलामा सहभागी उपभोक्ताहरुले आफनो घर गोठ बनाउन चाहिने सामाग्री ढुङगा, गिटी, बालुवा लगायतका सामाग्री खोलाबाट निकाल्न पर्सा राष्ट्रिय निकुञ्जले रोक लगाएकोमा विरोध गरेका थिए । यस कार्यमा सहजीकरण गर्न समूहसँग माग गरेका थिए । यसैगरि उनीहरुले वनको संरक्षण, सम्वर्धन, उपयोग, बनडढेलो नियन्त्रण, आयआर्जन, सामाजिक काम, लोपोन्मुख सालक लगायतका वन्यजन्तुको संरक्षण गर्नु पर्नेमा समेत जोड दिएका थिए ।
साधारणसभामा समूहका पूर्व अध्यक्ष कृष्ण बहादुर लटौला, सहसचिव मनमाया घलान, पूर्व सचिव कल्याण प्रसाद अधिकारी, चेतना बहुआयामिक आयआर्जन समूहकी अध्यक्ष मिठुकुमारी मुक्तान, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।१ सय ६२ घरधुरी रहेको यो सामुदायिक वन १ सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको छ
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









