Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आज नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइँदै

world_health_day-1649304496.jpg

google

२४ चैत, हेटौंडा । आज विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ आज ७४ औँ विश्व स्वास्थ्य दिवस मनाउन लागिएको हो । 
वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रीत हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तनको बढ्दो र विनाशकारी प्रभावका कारण जलवायु सङ्कटले मानिसहरूको स्वास्थ्य र जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको हुँदा वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन नसक्ने मन्त्रालयले जनाएको छ । 
मन्त्रालयले दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोप (बाढी, खडेरी, अत्यधिक गर्मीका कारण हुने वन डढेलो) र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारक रहेको बताएको छ । 
मन्त्रालयले दिएको जानकारी अनुसार विश्वमा दस मध्ये नौ जना प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । यस्तै नेपालमा बर्सेनि वायु प्रदूषणबाट ३७ हजार ६ सय ८३ जना र सूर्तीजन्य रोगका कारण २७ हजार १ सयको अकालमै मृत्यु हुने गरेको पनि मन्त्रालयले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार