Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुख्यमन्त्रीले गरे बागमती प्रदेशमा टाइफाइडविरुद्ध खोपको शुभारम्भ

टाइफाइड-ख-1649348678.jpg

२४चैत,हेटौंडा। सरकारले नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सरु गर्दैछ। भोलि चैत २५ गतेबाट शुभारम्भ हने खोप अभियानको बागमती प्रदेश सरकारले बिहीबार शुभारम्भ गरेको छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उक्त खोप अभियानको बिहीबार शुभारम्भ गरेका हुन। 
शुक्रबारबाट ६५२० खोपकेन्द्रमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिन लागिएको खोप शुभारम्भ कार्यक्रममा जानकारी दिइएको छ। बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहीबार मन्त्रालयमा खोप शुभारम्भ कार्यक्रम मार्फत खोप अभियान शुभारम्भ भएको जनाइएको थियो।खोप अभियान आगामी वैशाख १८ गतेसम्म सञ्चालन गरिने  प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बताएका छन्। 
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले शुभारम्भ कार्यक्रममा बोल्दै खोप अभियानलाई सहयोग गर्न राजनीतिक दल,स्थानीय जनसमुदाय,पत्रकार, सुरक्षानिकाय,शिक्षक सबैलाई अनुरोध गरेका छन्। 
यता कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खोप अभियानले बागमती प्रदेशमा आगामी दिनमा टाइफाइडको जोखिमलाई कम गर्न सहयोग पुग्ने बताइन। त्यसैगरी कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले अवधिमा प्रदेशभरका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकालाई खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको बताएका छन्। निर्देशनालयले ८० प्रतिशत भन्दा बढी केन्द्र विद्यालयमा राखिएको निर्देशक श्रेष्ठले जानकारी दिए । खोप लगाउनको लागि ८ हजार ८ सय ५८ जना खोप कार्यकर्ता खटिनेछन् भने १७ हजार नौ सय ६३ जना स्वयम्सेवक परिचालन गरिने उल्लेख गरिएको छ। साथै शुभारम्भ कार्यक्रम मार्फत मुख्यमन्त्री पाण्डे र स्वास्थ्य मन्त्री लामाले संयुक्त रुपमा खोप स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामसागर गुरागाइलाई हस्तान्तरण गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार