२५ चैत, हेटौंडा । हेटौंडामा रहेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विगतदेखिको बदनियत अहिले बाहिर आएको छ । तत्कालिन मूख्यमन्त्री डोरमणि पौडेल कुलपति समेत रहेको समयमा भएका बदनियतपूर्ण कामहरु अहिले बाहिरिन थालेको हो ।
प्रतिष्ठान हेटौंडाबाट अन्त लैजान लागेको हल्ला पौडेलको नेतृत्वमा फैलाउने काम भईरहँदा बाहिरिएका तथ्यले प्रतिष्ठानमा पौडेलकै पालामा उनको संरक्षणमा गलत कामको थालनी भएको बाहिरिएको छ । प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगलाई गलत सूचना दिएर कपोकल्पित तरिकाले अनजान जस्तै गरी गरेको प्रचारबाजी अनुचित र जिम्मेबार बोध भन्दा अलग भएको भन्दै रुष्ट भएको छ ।
स्थापनाकालदेखि नै पौडेलको नेतृत्वमा बोर्ड राख्न र अनावश्यक कर्मचारी भर्नातर्फ मात्रै ध्यान दिएको प्रतिष्ठानले शैक्षिक गतिविधि अघि बढाउन आवश्यक पूर्वाधारमा ध्यान नदिएको देखिएको छ । स्नातकोत्तर तहमा मेडिकल विधा अध्ययन अध्यापनका लागि न्यूनतम भौतिक एवं प्राज्ञिक पूर्वाधार समेत नभएको अवस्थामा मेडिकल विधामा कार्यक्रम संचालनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ र नियमावली २०७७ ले निर्दिष्ट गरेका प्रावधानलाई नजरअन्दाज गरी अतिरञ्जित तरिकाले सामाजिक सञ्जाल र पत्रपत्रिकामा गलत सूचना दिएको आयोगले प्रतिष्ठानलाई फागुनमा पठाएको पत्रमा उल्लेख छ । आयोगले स्नातक तहको भर्ना भएका विद्यार्थीको अवस्था, प्रतिष्ठानको भौतिक एवं प्राज्ञिक स्थिति र निर्माणाधिन भौतिक पूर्वाधार लगायतका विषयमा अनुगमन गरेपनि स्नातकोत्तर तहको सिट निर्धारण नभएको जनाएको छ । यसको मूख्य कारणमा भौतिक पूर्वाधारलाई देखाएको छ ।
आयोगले प्रतिष्ठानलाई लेखेको पत्रमा प्रतिष्ठानको आफ्नै ३ सय शैयाको अस्पताल नभएको, प्रतिष्ठान भन्दा भिन्न जिल्लाका अस्पतालका बेड गणना गरी आप्mनो हो भन्ने मान्न सकिने अवस्था नरहेको, मकवानपुरकै प्रतिष्ठाको हो भनिएको मकवानपुरको जिल्ला अस्पताल समेत आफु प्रतिष्ठानभित्र स्पष्ट रुपमा रहन चाहेको नदेखिएको जनाएको छ । त्यस्तै, ३०० शैयाको अस्पताल संचालनमा ल्याउन भवन निर्माणाधिन रहेको, अध्यापन हुने स्थान, कार्यालय र अन्य विभागीय अफिस बढिमा दुई स्थानमा १० किमी भन्दा फरक हुन नहुने गरी कम्तिमा १६ विघा जग्गामा हुनुपर्ने प्रावधान रहेकोमा विभिन्न स्थानमा छरिएर रहेको र उक्त स्थान आफ्नै नभई भाडा वा लिजमा लिएको एवं स्नातकोत्तर तह अध्यापनका लागि हुनुपर्ने कुनै पनि फ्याकल्टीको पूर्ण व्यवस्था भई नसकेको, भविष्यमा नियुक्त गर्नेछौं भन्ने तर अन्यौलग्रस्त जानकारी आयोगका पदाधिकारीलाई दिएको उल्लेख छ । पौडेलकै कार्यकालमा निम्तिएका समस्या समस्या समाधान गर्दै प्रतिष्ठानको शैक्षिक गतिविधि बनाउन मास्टर्स तहको कक्षा मात्रै भरतपुर अस्पतालमा गर्ने र अन्य कक्षा एवं पूर्वाधार हेटौंडामै अघि बढाउने ढंगले स्वास्थ्य मन्त्रालय लागि परेको जनाईएको छ ।
प्रतिष्ठान स्थापनापछि तत्कालिन कुलपति एवं मूख्यमन्त्री पौडेलले प्रतिष्ठानबारे निकै चर्चा गरेपनि आफ्नै संरक्षणमा त्यहाँका पदाधिकारी र कर्मचारीलाई अनियमिततामा संलग्न गरेको भन्दै प्रतिष्ठानविरुद्ध आधा दर्जन उजुरी समेत अख्तियारमा परेको छ । तर आफ्नो कार्यकालमा भएका कमजोरीलाई वेवास्ता गर्दै पौडेलकै नेतृत्वमा अहिले प्रतिष्ठान अन्यत्र सार्न थालिएको हल्ला चलाउनु गैरजिम्मेवार काम भएको प्रतिष्ठानकै एक कर्मचारीले बताए । ‘हामीले विगतदेखि नै पहिलो चरणमा पूर्वाधार, दोस्रो चरणमा शैक्षिक गतिविधि संचालन गर्न जनशक्ति र तेस्रो चरणमा कक्षा संचालन गर्न तत्कालिन कुलपति एवं मूख्यमन्त्री डोरमणि पौडेलसमक्ष पटक पटक भन्यौं ।’–एक पदाधिकारीले भने–‘कुलपति ज्यू र उहाँका वरीपरीका व्यक्तिहरुले यसतर्फ ध्यान दिनु भएन ।’ प्रतिष्ठानमा पौडेलले नै नियुक्त गरेका पदाधिकारीहरुले अहिलेकै टिमबाट प्रतिष्ठानको प्रगति नहुने भन्दै ‘हात उठाईसकका’ छन् । तर पनि पौडेलकै सल्लाहमा उनीहरुले राजिनामा दिएर मार्ग प्रशस्त नगरेको जनाइएको छ । उनीहरु सरकारले हटाओस् भन्नेमा रहेको प्रतिष्ठान स्रोतको भनाई छ ।
प्रतिष्ठानमा खरिदमा भएको अनियमितता, कर्मचारी नियुक्तिमा अनियमितता, पूर्वाधार निर्माणमा वेवास्ता, गलत प्रचार पौडेलकै पालमा भएपनि अहिले आफु र आफ्नो टिमको कमजोरी लुकाएर प्रतिष्ठान सार्न लागेको गलत प्रचार गरेको प्रति मकवानपुरकै राजनैतिक बृत्तमा चर्चा शुरु हुन थालेको छ । प्रतिष्ठानसम्बन्धी अध्यादेश आएपछि नबुझी विरोध पौडेल निकटहरु पनि विगतको सरकारको पालामा नै प्रतिष्ठानमा अनियमितता र धारासायी बनाउने काम भएको बुझेपछि अहिले मौन बसेका छन् ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









