Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा अटोमोबाइल्स एसोसिएसनमा अटलको नेतृत्व

IMG_20220409_212313-1649518870.jpg

२६ चैत, हेटौंडा । हेटौंडा अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा दामोदर प्रसाद अटल चयन भएका छन् ।
एसोसिएसनका अध्यक्ष सागर सापकोटाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा  शनिबार सम्पन्न २१ औं साधारणसभा तथा १० औं अधिवेशनले अटलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा ऋषि कुमार ढकाल, उपाध्यक्षमा धर्मराज धिमाल, महासचिवमा दीपेन्द्र कुमार उप्रेती, सचिवमा जितेन्द्र तिवारी र कोषाध्यक्षमा गोपिराम बन्जारालाई चयन गरेको छ ।
एसोसिएसनको कार्यसमिति सदस्यहरुमा श्यामप्रसाद कँडेल, उत्तम शर्मा भण्डारी, सञ्जय गुप्ता, इन्द्र लामा, मुनाल न्यौपाने, डिल्लीराम रिजाल, राज अधिकारी र दिपेश खड्गी चयन भएका छन् ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट र राजु अधिकारी, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रिय उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रिय महासचिव सुरेन्द्र कुमार उप्रेती, केन्द्रिय सदस्यत्रय प्रकाश कपुरी, गोपाल भट्टराई, अमृत जोशी, लुम्बिनी प्रदेश संयोजक गणेश भट्टराई, बागमती प्रदेश संयोजक सुदेश कुमार श्रेष्ठ, मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरिङ एसोसिएसन मकवानपुरका अध्यक्ष आनन्दराम पौडेल, चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद भण्डारी, जानकी अटोमोबाल्स एसोसिएसनका उपाध्यक्ष केदार अग्रवाल, ग्रीण्डलेज साकोसका अध्यक्ष महेन्द्र इटेनीलगायतको आतिथ्यता रहेको थियो । 
साधरणसभाको अवसरमा एसोसिएसनले पुराना अटो मेकानिक सुदर्शन र पुराना अटोमोबाइल्स व्यवसायी केदार प्रसाद गुप्तालाई सम्मानपत्र तथा मकवानपुरका ३ ट्राफिक प्रहरीहरुलाई नगदसहित सम्मानित गरेको थियो ।
एसोसिएसनमा हाल ९५ जना सदस्यहरु आबद्ध छन् भने हेटौंडा-११, थानाभर्‍याङमा एसोसिएसनको आफ्नै भवन निर्माण भैरहेको निवर्तमान अध्यक्ष सापकोटाले जानकारी दिए ।

IMG_20220409_212329-1649518872.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार